Monday , June 14 2021
Breaking News
Home / मनोरंजन / ५६ वर्षीय बेलायती प्रधानमन्त्रीले ३३ वर्षीया प्रेमिकासँग गरे सुटुक्क विवाह

५६ वर्षीय बेलायती प्रधानमन्त्रीले ३३ वर्षीया प्रेमिकासँग गरे सुटुक्क विवाह

बेलायतका प्रधानमन्त्री बोरिस जनसनले आफू भन्दा तेइस वर्ष कम उमेरकी क्यारी साइमन्डससँग वेस्टमिनिस्टर कयाथड्रलमा गुपचुप आयोजना गरिएको समारोहमा बिहे गरेका छन् । प्रधानमन्त्री जनसनका निकटतम मित्र र परिवारका सदस्यहरूको उपस्थितिमा यो बिहे भएको त्यहाँका केही अखबारहरूले जनाएका छन्े । प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले यसबारे टिप्पणी गर्न इन्कार गरेको छ ।

काम तथा निवृतिभरण मन्त्री टेरेसे कफीको ट्वीटमा प्रधानमन्त्री जनसन र क्यारी साइमन्ड्सलाई उनीहरूको बिहेको शुभकामना दिइएको छ । आइतबारको द मेलले बिहेमा ३० जना अतिथिहरूलाई तत्कालको जानकारी दिइ बोलाइएको थियो । कोभिड–१९को रोक आदेश अनुसार धेरै ठूलो संख्याको सहभागितामा बन्देज लगाइएको छ ।

३३ वर्षीया साइमन्डस ५६ वर्षीया जनसनलाई रोमान्टिक सम्बन्धमा बाँधिएको पहिलो पटक सन् २९१९को सुरुमा मिडियामा खबर आएको थियो । बिहेमा साइमन्डस सेतो पोशाकमा आएको बीबीसीको समाचारमा उल्लेख गरिएको छ ।

About admin

Check Also

मेलिना र सुदितालाई हराउदै किरण पुगे लाईभ शोमा, कोच प्रमोदको निर्णयमा दर्शकको असन्तुष्टी ।

दुई साता रोकिएर अघिल्लो साताबाट प्रशारण सुरु भएको भ्वाईस अफ नेपालको नकआउट राउन्ड चलिरहेको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *