Saturday , June 19 2021
Breaking News
Home / समाचार / हार्दिक बधाई! इन्द्रेणीको समन्वयमा १२ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण (भिडियोमै हेर्नुस्)

हार्दिक बधाई! इन्द्रेणीको समन्वयमा १२ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण (भिडियोमै हेर्नुस्)

नवलपरासी । पश्चिम नवलपरासीमा सञ्चालनमा रहेको आइसोलेसनकहरुमा इन्द्रेणी सामाजिक विकास मञ्चका पुर्व अध्यक्ष विक्रम खनालले करिब १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । वर्दघाट नगरपालिकाद्धारा सञ्चालन गरिएको चिसापानी आइसोलेसनमा ३ लाख २० हजार रुपैयाँ, पाल्ही नन्दन गाउँपालिकामा ३ लाख ५३ हजार रुपैयाँ र प्रतापपुर गाउँपालिकामा ४ लाख २ हजार रुपौयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।

नेपालमा आज पनि नयाँ कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै कोभिडको दोस्रो भेरीयन्टको प्रभाव रहिरहेको वेला कोरोना भाइरसका विरुद्धमा प्रयोग हुने महत्वपुर्ण स्वास्थ्य सामाग्रिहरु पिपिइ सेट, स्टेचर, माक्स, सेनिटाइजर, ग्लप्स, थरमल गन, अक्सिमिटर लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको इन्द्रेणी सामाजिक विकास मञ्चले जनाएको छ।

इन्द्रेणी सामाजिक विकास मञ्चका उपाध्यक्ष कर्दम क्षेत्री, सचिव होमराज कुंवर, कार्यसमिति सदस्य विमल चन्द्र घिमिरे र सुनवल सामुदायिक विकास केन्द्रकी अध्यक्ष सपना थापा क्षेत्री, कार्यक्रममा युनाइटेड मिसन टु नेपालका टिम लिडर सबु तामाङ तेज गैरे लगायतको उपस्थिति रहेको थियो।

भिडियोः

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *