Monday , June 14 2021
Breaking News
Home / समाचार / खुसीको खबर ! नेपालमा पछिल्लो २४ घण्टामा अहिले निको हुनेको सङ्ख्या ९,८४१

खुसीको खबर ! नेपालमा पछिल्लो २४ घण्टामा अहिले निको हुनेको सङ्ख्या ९,८४१

नेपालमा थप ६,९५१ जनामा कोरोनाभाइरस सङ्क्रमण र ९६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।विगत २४ घण्टामा २०,११० जनाको पीसीआर र एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेको शुक्रवार मन्त्रालयले जनाएको छ।

अहिले सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुने मानिसको सङ्ख्या बढी देखिएको छ। सो अवधिमा ९,८४१ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।बिहीवार पनि नयाँ सङ्क्रमितभन्दा निको हुनेको धेरै, थप १०६ जनाको मृत्यु सङ्ख्या केही बढी थियो।

अहिलेको वृद्धिसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख ४९,००० नाघेको छ भने मृतकको सङ्ख्या ७,०४७ पुगेको छ।शुक्रवार प्रकाशित मृतकको तथ्याङ्कमा पनि नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवहरूको सङ्ख्या पनि समाविष्ट भएको मन्त्रालयको भनाइ छ।

About admin

Check Also

मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिन् यतिधेरै सहयोग

काठमाडौं। मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *