Saturday , June 19 2021
Breaking News
Home / प्रमुख समाचार / अझै केही दिन उच्च बेगको हावाहुरीसहित भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

अझै केही दिन उच्च बेगको हावाहुरीसहित भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

पोखरा- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा यास चक्रवातको प्रभाव रहेको जनाएको छ ।

यास चक्रवात पश्चिमउत्तर/पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण अझै केही दिन उच्च बेगको हावाहरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी वर्षा, उच्च बेगको हावाहुरि र १र२ स्थानमा अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

यसैगरी गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन र च-ट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन र च-ट्याङ रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी र अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ। उच्च हिमालीरपहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुर पश्चिम प्रदेशका उच्च हिमालीरपहाडी भूभागका १ र २ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।

राति : देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी र अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ। उच्च हिमालीरपहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुर पश्चिम प्रदेशका उच्च हिमालीरपहाडी भूभागका १ र २ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।

About admin

Check Also

ट्याक्सी चालक कर्णराजको अर्को सफलता, सुरक्षा र सागरलाई हराउदै पुगे लाईभ शो मा ।

दुई साता रोकिएको भ्वाईस अफ नेपालको प्रशारण यो साताबाट सुरु भएको छ । नकआउट राउन्डको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *