Monday , June 14 2021
Breaking News
Home / समाचार / साउदीबाट ४२ हजार नेपाली फिर्ता

साउदीबाट ४२ हजार नेपाली फिर्ता

काठमाडाैं। साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ । साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने ७ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । ४ लाख ४६ हजार ९० जना निको भएका छन् ।

साउदीमा कोरोना भाइरस र अन्य कारणले रोजगार गुमाएर अलपत्र परेका ४२ हजार ३ सय ६ जना नेपाली चार्टड उडानद्वारा स्वदेश फिर्ता भएका छन् । नेपाल सरकारले कोरोना संक्रमणको मध्यनजर गर्दै अनिश्चितकालीन उडान बन्द गरे लगत्तै स्वदेश फिर्ताका लागि हजारौँ नेपाली पर्खाइमा रहेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

About admin

Check Also

मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिन् यतिधेरै सहयोग

काठमाडौं। मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *