Monday , June 14 2021
Breaking News
Home / मनोरंजन / आफ्नै लगानीमा सबैकी प्यारी गरिमा शर्माले ‘पहिलो भेट’ ल्याईन् । अस्मिता अधिकारीको आवाजमा सुमधुर गीत (भिडियो हेर्नुस)

आफ्नै लगानीमा सबैकी प्यारी गरिमा शर्माले ‘पहिलो भेट’ ल्याईन् । अस्मिता अधिकारीको आवाजमा सुमधुर गीत (भिडियो हेर्नुस)

चितवनकी गरिमा शर्मा टिकटकबाट चर्चामा आईन् । उनको कला र सौन्दर्यको सबैले तारिफ गर्छन् । सानो उमेरमै टिकटक हुँदै म्युजिक भिडियोमा यतिबेला रोजाईको मोडल बनेकी गरिमा फिल्ममा डेव्यु गर्ने उत्तम समय कुर्दैछिन् । नम्र स्वभावकी गरिमा सानैदेखि कला क्षेत्रमा लाग्न चाहन्थिईन्, त्यसका लागि उनलाई टिकटकले सजिलो बनाईदियो । यससँगै गरिमाले दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छिन् र यतिबेला उनी म्युजिक भिडियोहरुका लागि टप टेनको रोजाईमा पर्ने महिला मोडलहरुको सुचिमा पर्दछिन् ।

यसैबिच साँगीतक क्षेत्रमा बिशेष प्रेम भएकी गरिमाले आफ्नो अफिसियल युटुब च्यानलबाट पहिलो भेट नामक गीत दर्शक र श्रोता माँझ ल्याएकी छिन् । गरिमाकै लगानी रहेको उक्त गीतमा अहिलेकी चर्चित गायिका अस्मिता अधिकारीको आवाज रहेको छ भने नविक कार्कीको सँगीत हरेको छ । गीतको लिरिकल भिडियो बाहिरिएको हो । दर्शक र श्रोताहरुको माया पाए चाँडै नै यस गीतको भिडियो नै निर्माण गर्ने सोचमा रहेकी गरिमा युट्युब च्यानललाई माथि ल्याउन पनि बिभिन्न रमाईला भ्लग र गीतहरु दर्शक माँझ ल्याउँदैछिन् । गरिमाको नयाँ गीत हेर्नुहोस

About admin

Check Also

मेलिना र सुदितालाई हराउदै किरण पुगे लाईभ शोमा, कोच प्रमोदको निर्णयमा दर्शकको असन्तुष्टी ।

दुई साता रोकिएर अघिल्लो साताबाट प्रशारण सुरु भएको भ्वाईस अफ नेपालको नकआउट राउन्ड चलिरहेको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *