Friday , June 18 2021
Breaking News
Home / प्रमुख समाचार / दुई दिन भित्रमा एक हप्तालाई पुग्ने खाद्यान्न किनेर राख्न काठमाडौं उपत्यकाका सिडिओको आ’ग्रह

दुई दिन भित्रमा एक हप्तालाई पुग्ने खाद्यान्न किनेर राख्न काठमाडौं उपत्यकाका सिडिओको आ’ग्रह

कोभिड­१९ सङ्क्रमणको जो’खिम बढ्दो रहेको निष्कर्षका साथ काठमाडौँ उपत्यकामा यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थ’प गरिएको छ । थप कडाइका साथ जारी आ’देश यही जेठ १४ गते बिहान १ बजेदेखि लागू हुने छ ।

काठमाडौँ उपत्यकाका काठ’माडौँँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले आगामी एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसअघिको यही जेठ १३ गते राति १२ बजेसम्मका लागि आदेश जारी भएको थियो । यसपाली भने किराना पसल पनि बन्द गरिएको छ । वब’हानी बेलुकाको घुमघाममा समेत रोक लगाइएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई दि’न भित्रमा एक हप्ताको लागि पुग्‍ने खा’द्यान्न किनेर राख्न अनुरोध गरेको छ।

उहाँका अनुसार यसपालि निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री तरकारी, फलफूल, दुध, डेरी, मासु, खानेपानी र ग्यास० खरीदबिक्रीका लागि बि’हान ९ बजेसम्म खुला रहने भएको छ । य’सअघि बिहान १० बजेसम्म खुला गरिएको थियो । अहिले थपिएका समयमा भने खा’द्यान्न, कि’राना पसल तथा डिपा’र्टमेन्टल स्टोर्सलगायत अन्य पसल सञ्चालनमा रोक लगाइएको छ ।

विगतमा उपत्यकामा गत वैशाख १६ गते’देखि निषेधको आदेश जारी भएको थियो । अहिले तेस्रो पटक म्याद थप गरेर आदेश लागू गरिएको छ । सरकारले स’ङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय स’ङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषे’धाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।

सोही अधिकार प्रयोग गर्दै जारी गरि’एको आदेशामा सबै प्रकारका भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ । उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, ता’लीम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सै’लुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकुद सञ्चालन गर्न पाइ’ने छैन ।

औषधी, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन । अत्यावश्यक काममा निस्किँदा पनि दुई व्यक्तिबीच कम्तिमा दुई मिट’रको दुरी कायम गर्नुपर्ने छ । अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन र सेनिटाइ’जरको प्रयोग गर्नुपर्ने छ । सार्वजनिक एबं निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा ९बढीमा २ जना० बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग ग’र्ने सवारी साधन मात्रै सञ्चालन हुने छ ।
अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, ईन्धन खाना पकाउने ग्याँस, दुरसञ्चार इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन सरफमाईमा प्रयोग हुने साबुन स्यानि’टाइजर, कुरियर तथा डाँक सेवा प्रिन्ट तथा सरकारी छापाखानालगायतका ढुवानी तथा यातायातका साधन विषय उ’ल्लेख गरी सञ्चालन गर्न पाइने छ ।

खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, दुरसञ्चार इन्टरनेट, भेटेरिनरी, प्रिन्ट तथा स’रकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीमा व्यानर राखेर राती ९ देखि विहान ९ बजेसम्म गाडी सञ्चालन गर्न पाइने छ । तोकिएको तरकारी बजार बाहेकका क्षेत्रमा विक्री बन्द गर्ने र थोक बजारमा फुटकर विक्री गर्न नदिइने आदेशमा भनिएको छ ।

अत्यावश्यक सेवाका बाहेक अन्य सरकारी कार्यालय, सार्वजनिक संस्था – संस्थान, बीमालगायतका कार्यालयको सेवा स्थगन गरिएको छ । सरकारी कार्यालय, संस्थान, बैँक, इन्टरनेट सेवा प्र’दायक संस्थाको सवारी साधान विहान ९ः३० देखि १०ः३० र साँझ ५ देखि ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।

बाणिज्य बैँकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र वि’कास बैँकको हकमा प्रधान कार्यालयसहित दुई शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्युनतम जनशक्ति ९२० प्रतिशत० मात्र परिचालन गर्नुपर्ने छ । यसअघि २५ प्रतिशत सम्म ज’नशक्ति राख्न सकिने व्यवस्था थियो ।

बैँकका गाडी जम्मा दुई मात्रै सञ्चालन गर्न पाइने छ । सबै अनुगमन प्रशासन कार्यालयले गर्ने भनिएको छ । यस्तै सार्वजनिक तथा निजी विकास निर्माणका काम तथा ढुवानीका सबै गति’विधि सञ्चालनमा रोक लाइएको छ ।

अन्तराष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पास’पोर्ट, प्रवेशाज्ञा हुनेलाई सिधै विमानस्थल जाने सवारी साधनको हकमा सहजीकरण गरिने छ ।

विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घ’रमै उक्त कार्य गर्दा ७ जनाभन्दा बढी उपस्थित हुन नपाइने र एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ । नित्य पूजा बाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । मृत्यु स।सकारमा जान र आउनुपरेमा मृत्युदर्ता प्रमा’णपत्र वा सम्बन्धीत वडाको सिफारिस, परिचयपत्र खुल्ने कागजातसहित प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ ।

बिरामी वा कुरुवाको हकमा भर्ना कार्ड वा रिपोर्टको आधारमा एक जना उप’त्यकाभित्र जान पाइने तर अन्यत्र बिरामी भइ जानुपर्ने भएमा भर्ना कार्ड वा रिपोर्ट कार्ड, परिचयपत्र खुल्ने कागजातसहित निवेदन दिनुपर्ने छ ।

सुरक्षा गार्डले पोशाक र परिचयपत्रको आधारमा कार्यस्थलमा आवतजा’वत गर्न पाइने छ । औषधी तथा स्वास्थ्य सामग्रीसम्बन्धिका पसल निर्वाध रुपमा सञ्चालन गर्न पाइने छ ।

About admin

Check Also

उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजायसम्म

काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा शुक्रबारदेखि थप प्रभावकारी बनाइने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *