Monday , June 14 2021
Breaking News
Home / समाचार / खुसिकाे खबर; अमेरिका र बेलायतबाट एक करोड डोज काे-राेना भ्याक्सिन ल्याउने यस्ताे तयारि !

खुसिकाे खबर; अमेरिका र बेलायतबाट एक करोड डोज काे-राेना भ्याक्सिन ल्याउने यस्ताे तयारि !

खुसिकाे खबर; अमेरिका र बेलायतबाट एक करोड डोज काे-राेना भ्याक्सिन ल्याउने यस्ताे तयारि ! को-भिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ । मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा सरकारको प्रशासनिक निकायले को- भिड नियन्त्रणमा प्रभावकारी भूमिका खेलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सोहीअनुसार सरकारले अमेरिका र बेलायतबाट १ करोड डोज भ्याक्सिन ल्याउने गृहकार्य अघि बढाएको हो । मुख्य सचिव वैरागीकै निर्देशनअनुसार कार्यालयले अन्य मन्त्रालयसँग नियमित समन्वय गर्दै को- भिड रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन आवश्यक रणनीति अख्तियार गरी नीतिगत सुधारमा समेत जोड दिँदै आएको प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिनुभयाे ।

सोहीअनुसार परराष्ट्र मन्त्रालयले अमेरिकाबाट ५० लाख डोज जोन्सन एन्ड जोन्सन भ्याक्सिन खरिद गर्न अमेरिकी सरकारलाई पत्राचार गरेको छ । यस सम्बन्धमा सम्बन्धित देशको दूतावासमार्फत समन्वय भइरहेको छ । यसैगरी, बेलायत सरकारसँग ५० लाख परिमाणकै खोप ल्याउनसमेत आवश्यक पहल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार १ सय थपसहित हालसम्म देशभर ३ हजार २ सय क्वारेन्टिन बेडको व्यवस्था गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकाबाट तीनवटा कार्गो विमानद्वारा केही दिनभित्रै स्वास्थ्य सामग्री ५ लाख -यापिड डाइग्नोस्टिक टेस्ट, ५ लाख सर्जिकल मास्क, ९ लाख ६२ हजार केएन ९५ मास्क, ५० हजार फेस सिल्ड, २६ सय बढी ब्याग, १४ लाख गाउन, ५० हजार गगल्स नेपाल आउने भएको छ । यो समाचार आजको राजधानी दैनिकमा रहेकाे छ ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

About admin

Check Also

मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिन् यतिधेरै सहयोग

काठमाडौं। मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *