Monday , June 14 2021
Breaking News
Home / अन्तरास्ट्रिय / नेपाललाई आगामी साता स्वास्थ्य सामग्री पठाउँछौं- डब्ल्यूएचओ

नेपाललाई आगामी साता स्वास्थ्य सामग्री पठाउँछौं- डब्ल्यूएचओ

काठमाडौं । कोरोना महामारीले देश अस्तव्यस्त बनेका बेला विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले  नेपालीहरुका लागि केहि राहतको खबर सुनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको कारण अहिले समस्यामा रहेका दक्षिण–पूर्वी एसियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा धेरै स्वास्थ्य सामग्री प्रदान गरेको डब्ल्यूएचओले जनाएको छ ।

अबको केही सातामा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइने डब्ल्यूएचओले बताएको छ ।डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले भनिन्, ‘हजारौं अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको बेड, टेन्ट र पीपीईहरु अहिले पाइएको सहयोगका मुख्य सामग्री हुन् ।

ती सामग्रीहरु विभिन्न मुलुकहरु र सबैभन्दा धेरै आवश्यकता भएको क्षेत्रमा पठाइएको छ ।’ पछिल्लो साता कोरोनाबाट समस्यामा परेको भारतमा पठाइएको स्वास्थ्य सामग्रीहरु मुलुकका विभिन्न २६ राज्यमा पुगेका छन् ।

गत साता चार हजार अक्सिजन कन्सन्ट्रेटर, १२० टेन्ट, चारसय मेडिकल बेड, १२ लाख रेस्पिरेटर मास्क र ६ लाख ५० हजार स्याम्पिलिङ किट्स भारत पठाइएको थियो । अहिले डब्ल्यूएचओले बंगलादेशमा ६० मेट्रिक टनको स्वास्थ्य सामग्रीहरु पठाएको छ ।

अहिले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर चलिरहेको छ । साथै कोरोना संक्रमणबाट बच्न अहिले कोरोना खोप अभियान पनि सञ्चालन भइरहेको छ ।

यस्तोमा केही मानिसलाई दोस्रो डोज कहिले पाउने हो भन्ने चिन्ता छ भने केहीलाई अब कहिले खोप लगाउन पाउने हो भन्ने चिन्ता छ । कोरोना खोपबाट उब्जिएका केही प्रश्न र त्यसको उत्तर दिने प्रयास यहाँ गरिएको छ –

पहिलो डोज लिएपछि संक्रमित भए के गर्ने ? कोरोना खोपको पहिलो डोज लिएपछि पुनः कोरोनाबाट संक्रमित भएको अवस्थामा पनि दोस्रो डोज खोप लिन सकिन्छ । सामान्य अवस्था भन्दा यो अवस्थामा केही शर्तहरु फरक छन् । भारतीय समाचार पोर्टल न्युज १८ ले उल्लेख गरेअनुसार भारतमा भने यस्तो अवस्थामा दोस्रो डोज लिन कोरोनाको सबै लक्षण देखिन छाडेको २ देखि ४ साता भएको हुनुपर्छ ।

समयमा नै दोस्रो डोज खोप नपाए के हुन्छ ? कोरोना महामारी विश्वभर फैलिएको कारण खोपको माग पनि अत्यधिक छ । यस्तोमा समयमा नै दोस्रो डोज कोरोना खोप नपाउने हो कि भन्ने आशंका अहिले मानिसहरुमा छ ।

भारतीय समाचार पोर्टल इन्डियन एक्सप्रेसका अनुसार सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिसिल्ड खोपको दोस्रो डोज १२ साताको अन्तरमा लगाउँदा यो खोप ८१.३ प्रतिशत प्रभावकारी पाइएको थियो भने यो अन्तर ६ सातामा झार्दा प्रभावकारिता केवल ५५.१ प्रतिशत पाइएको थियो । यो तथ्यांकले यो खोपको दोस्रो डोज लिने अन्तर जति धेरै हुन्छ प्रभावकारिता त्यति धेरै हुन सक्ने डाक्टरहरु बताउँछन् ।

यद्यपि कोरोना खोप आएको धेरै लामो समय नभएकाले खोप लामो समयको अन्तरमा लिँदा कस्तो प्रभाव पर्छ भन्ने अध्ययन भएको छैन । खोप लगाउने अन्तर लामो राख्दा पहिलो डोज खोप लिइसकेका मानिस संक्रमित हुने जोखिम हुन्छ भने दोस्रो डोज खोप लिन बिर्सिने समस्या पनि हुन सक्छ । खोपको पहिलो डोजले पनि कोरोना संक्रमणविरुद्ध केही सुरक्षा दिने भए पनि दोस्रो डोज लिएपछि मात्र यसको पूर्णरुपमा उक्त खोप प्रभावकारी हुन्छ ।

भारतका स्वास्थ्य विशेषज्ञहरुले कोभिसिल्ड खोपको दोस्रो डोज लिने अवधि १२ देखि १६ साताको बीचमा राख्न सिफारिस गरेका छन् । गत फेब्रुअरीमा प्रसिद्ध मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित प्रतिवेदनमा कोभिसिल्डको दोस्रो डोज लगाउने अवधि १२ साता वा सोभन्दा धेरै राख्दा यसको प्रभावकारिता २६ प्रतिशत बढ्न सक्ने उल्लेख गरिएको थियो ।

कोरोना संक्रमितले खोप लिने कि नलिने ? तपाईं कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भइसक्नु भएको छ भने तपाइँका लागि कोरोना खोपको लागि धेरै हतार गर्नु नपर्ने वैज्ञानिकहरु बताउँछन् । कोरोना संक्रमणबाट मुक्त भएपछि हाम्रो शरीरमा बनेको एन्टिबडी कम्तीमा ३ महिनासम्म रहने र यसरी विकास भएको एन्टिबडीले खोपले भन्दा राम्रो सुरक्षा दिने वैज्ञानिकहरु बताउँछन् ।

यद्यपि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भने यस किसिमको एन्टिबडी कति लामो समयसम्म रहन्छ भन्ने थाहा नभएकाले संक्रमण निको भएपछि कोरोना खोप लगाउनु उत्तम हुने बताएको छ ।

पूर्ण डोज खोपको लिएपछि मापदण्ड पालना गर्नुपर्छ कि पर्दैन ? डब्ल्यूएचओकाअनुसार खोपले मानिसलाई कोरोनाको गम्भीर लक्षण देखिन र मृत्युबाट बचाउँछ । खोप लगाएको दुई सातासम्म उल्लेख्य मात्रामा कोरोनाबाट बच्ने सुरक्षा प्रदान गर्न सक्दैन ।

यद्यपि अझै पनि खोप लगाएको मानिस पनि कोरोनाबाट संक्रमित हुन र अरुलाई संक्रमण सार्न भने सक्छ । त्यसैले भौतिक दूरी कायम राख्ने, मास्क लगाउने, बेलाबेलामा हात धुनेजस्ता स्वास्थ्य मापदण्ड भने पालना गर्नु जरुरी हुने डब्ल्यूएचओले बताएको छ ।

कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्यामा नेपालले चीनलाई उछिन्यो

कोरोनाभाइरस महामारीबाट हालसम्म मृत्यु हुनेहरूको सङ्ख्यामा नेपालले चीनलाई उछिनेको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा ५,००१ जनाको कोभिड-१९ सम्बन्धी कारण मृत्यु भएको छ जुन उत्तरी छिमेकी चीनभन्दा बढी हो।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार चीनमा त्यही अवधिमा कोरोनाभाइरसका कारण ४,८४६ जनाको मृत्यु भएको छ। बीबीसी भिजुअल एन्ड डेटा जर्नलीजम टीमले तयार पारेको रिपोर्ट अनुसार चीनमा प्रति एक लाखमा ०.३ को मृत्यु भएको छ।

नेपालमा भने प्रति एक लाखमा १५.९ को मृत्यु भएको छ जुन हाल एशियामै सर्वाधिक सङ्ख्या मध्येमा पर्छ। सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहान सहरमा निमोनियाका क्लस्टर केसहरू फेला परेका थिए जसलाई पछि गएर कोरोनाभाइरसका रूपमा पहिचान गरिएको थियो।

सन् २०२०को ज्यानुअरी महिनामा कोरोनाभाइरस सङ्क्रमण विभिन्न देशहरूमा फैलिन सुरु भएको थियो। सन् २०२०को मार्च ११मा विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारी घोषणा गरेको थियो। चीनको जनसङ्ख्या १ अर्ब ४४ करोड भन्दा बढी छ भने नेपालको जनसङ्ख्या ३ करोडको हाराहारीमा छ।

About admin

Check Also

डाक्टर सन्तोषको कथा : अमेरिकाबाट चुपचाप ५० करोड भन्दा बढीको सहयोग नेपाल पठाईसके

अमेरिकामा तीन प्रकारका ‘समाजसेवी’ छन् । पहिलो: आफू सिन्को नभाँच्ने तर अरूले गरेको कामलाई आफूले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *