Friday , June 18 2021
Breaking News
Home / समाचार / लायन्स क्लब अफ तारानगरद्धारा स्वास्थ्य चौकी र प्रहरी चौकीलाई स्वास्थ्य सामग्री सहयोग

लायन्स क्लब अफ तारानगरद्धारा स्वास्थ्य चौकी र प्रहरी चौकीलाई स्वास्थ्य सामग्री सहयोग

जेठ १०, गोरखा । गोरखा नगरपालिका वडा नम्वर १०, ११ र १२ मा रहेका स्वास्थ्य चौकीलाइ अक्सिमिटर र थर्मगन वितरण गरिएको छ । कोरोना संक्रमित सँगै चौकीमा आउने बिरामीको उपचारमा सहयोग पुग्ने उदेश्यले लायन्स क्लब अफ तारानगरद्धारा उक्त स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

तारानागर स्वास्थ्य चौकीलाइ १ थान थर्मगन, वडा नम्वर ११ को स्वास्थ्य चौकीलाई ३ थान अक्सिमिटर र थर्मगन १ थान, स्वास्थ्य चौकी छेवेटारलाइ २ थान अक्सिमिटर र १ थान थर्मगन वितरण गरिएको क्लबका अध्यक्ष सुरेन लामिछाने (अमृत) ले बताए ।

त्यस्तै बाह्र किलो प्रहरी चौकीलाइ अक्सिमिट र थर्मगन एक/एक थान, वडा नम्वर ११ को कार्यालयलाई १/१ थान थर्मगन र अक्सिमिटर र पत्रकार महासंघ गोरखालाई २ थान अक्सिमिटर वितरण गरिएको उनले जानकारी दिए ।

संस्थाले बाह्र किलो चोकमा निशुल्क पिउने पानीको पनि व्यवस्था पनि गर्दै आएको छ ।

About admin

Check Also

नायिका आँचल शर्मा र उदित श्रेष्ठ ५० परिवारको लागि राहत लिएर सिन्धुपाल्चोकमा, (हेर्नुस् ७ तस्बिर)

काठमाडौं। नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले ५० परिवारको लागि राहत लिएर ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *