Saturday , June 19 2021
Breaking News
Home / समाचार / प्रधानमन्त्री मेडिकल माफियाका प्रमुख संरक्षक : डा. केसी

प्रधानमन्त्री मेडिकल माफियाका प्रमुख संरक्षक : डा. केसी

१० जेठ, काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली मेडिकल माफियाका प्रमुख संरक्षक रहेको आरोप लगाएका छन् ।

झापाको प्रस्तावित बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं प्रधानमन्त्रीको आर्थिक र राजनीतिक साझेदार रहेको भन्दै प्रसाईंको मेडिकल कलेजलाई गैरकानूनी रुपमा सम्बन्धन दिलाउन ओलीले अनेक हथकण्डा अपनाएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले आफू र आफ्ना आसेपासेको कालो धनको लगानीबाट स्थापित निजी संस्थाहरुको दूषित स्वार्थपूर्तिका खातिर कानून बनाउने, राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दुरुपयोग गर्ने कार्य गर्दै आएको कुरा नौलो होइन’ केसीले सोमबार जारी विज्ञप्तिमा भनेका छन्, ‘आपराधिक आर्जनको लगानी गरी चिकित्सा शिक्षाको व्यापारिकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षक पनि उनी नै हुन् ।’

काठमाडौं विश्वविद्यालयले बीएण्डसीलाई सम्बन्धन दिने तयारी गरेपछि केसीले विरोध जनाएका हुन् । उनले प्रधानमन्त्री ओलीको संरक्षण पाएपछि जस्तोसुकै अवैध काम गर्न सकिन्छ भन्ने विश्वासका कारण उक्त प्रस्तावित मेडिकल कलेजले २०७३ सालयता आशयपत्र नवीकरण पनि नगरेको बताएका छन् ।

जबकि चिकित्सा शिक्षा नियमावली २०७७ अनुसार नवीकरण नगराएको आशयपत्र स्वतः रद्द हुने भए पनि प्रधानमन्त्री ओलीले जबर्जस्ती चिकित्सा शिक्षा आयोगको बैठक राखेर अवैध निर्णय गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजेको केसीले उल्लेख गरेका छन् ।

केसीले बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो मिडिया संयोजक प्रितम सुवेदीमाथि भौतिक आक्रमणको धम्की दिनु नागरिकमाथि हुने राज्य आतंकको नमुना भएको पनि बताएका छन् । ‘नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार नै कुण्ठित गर्ने प्रधानमन्त्री ओली संरक्षित अपराधीहरुको यस्तो कर्तुतविरुद्ध लड्नु हामी सबै नागरिकको कर्तव्य हो,’ विज्ञप्तिमा भनिएको छ ।

केसीले आफू हाल द्वन्द्वग्रस्त मुलुक यमनका पिछडिएका ठाउँहरुमा सेवा दिइरहेको उल्लेख गर्दै बीएण्डसी कलेजलई जबर्जस्ती अवैध सम्बन्धनको प्रक्रिया अघि बढाए नेपाल फर्कनासाथ सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *