Saturday , June 19 2021
Breaking News
Home / समाचार / काठमाडौं उपत्यकामा पेरी निषेधाज्ञा थपिने, कहिले खुल्छ निषेधाज्ञा हेनुस््््

काठमाडौं उपत्यकामा पेरी निषेधाज्ञा थपिने, कहिले खुल्छ निषेधाज्ञा हेनुस््््

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी भइरहेको छ।

दोस्रो लहरको कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई जारी राखिने भएको हो।

‘अहिलेको अवस्थामा निषेधाज्ञालाई निरन्तरता दिनुको विकल्प छैन,’ सर्वपक्षीय छलफलको निष्कर्षलाई उद्धृत गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।

उनका अनुसार अब काठमाडौं उपत्यकामा थपिने एक साताको निषेधाज्ञा थप कडा हुनेछ। विशेषगरी तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भिडभाड हुन थालेकाले त्यसलाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको उनले बताए।

‘तरकारी पसल एक साताका लागि बन्द गर्ने हो वा यहाँ हुने भिडभाड कसरी व्यवस्थापन गर्ने हो भन्ने विषयमा छलफल भइरहेको छ,’ पराजुलीले भने।

तरकारी तथा खाद्यान्न पसल बिहान १० बजेसम्म खुल्ने गरेका थिए।

उपत्यकामा जारी निषेधाज्ञाको समय जेठ १३ गतेसम्म छ। त्यसअगावै प्रशासनले थप एक साताको निषेधाज्ञा आदेश जारी गर्दैछ।

यसैगरी, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, संवैधानिक निकायहरूमा पनि हालको उपस्थितिबारे छलफल हुने भएको छ।

गृह मन्त्रालयमा छलफल हुने र त्यसबाट ती निकायमा सीमित जनशक्ति मात्र उपस्थित गराउनेबारे निर्णय हुने पराजुलीले बताए।

यहीबीचमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी अध्यादेश जारी भएको छ। अध्यादेशअनुसार संक्रामक रोग नियन्त्रणमा चालिएका प्रयासहरूलाई थप कडा गरिने छ।

अध्यादेशले कारबाही तथा जरिवाना बढाएको छ।

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *