Monday , June 14 2021
Breaking News
Home / मनोरंजन / श्रीमती सायराले कहिले दिलिपको निधार चुमिन भने कहिले आफ्ना दर्शकहरुलाई हात हल्लाईन

श्रीमती सायराले कहिले दिलिपको निधार चुमिन भने कहिले आफ्ना दर्शकहरुलाई हात हल्लाईन

एजेन्सी । स्वास्थ्यमा समस्या भएर अस्पताल भर्ना भएका भारतीय अभिनेता दिलिप कुमार ५ दिनको अस्पताल वसाई पछि डिस्चार्ज भएका छन् । उनको फोक्सोमा पानी जमेको चिकित्सकहरुले बताएका थिए ।

५ दिन पछि अस्पतालवाट डिस्चार्ज हुँदा उनलाई श्रीमती सायरा बानोले घर लिएर गएकी छन् । सायराले श्रीमान दिलिपकुमारलाई घर लैजाँदाको दृष्य भारतीय मिडियाले सार्वजनिक गरेका छन् ।

उनलाई स्ट्रेचरमा बाहिर ल्याउँदा पत्नी सायरा बानोले त्यहाँ उपस्थित संचारकर्मीहरु प्रति पनि ध्यान दिएकी थिइन् । उनले पति दिलिपकुमार प्रति पनि उत्तिकै माया देखाएको तस्बिरमा देखिन्छ । उनकी श्रीमती सायरा बानोले कहिले हात हल्लाएर बाहिर उपस्थित मिडियाकर्मीलाई अभिवादन गरिरहेकी थिइन् त कहिले दिलिपको निधार चुमिरहेकी थिइन् ।

९८ वर्षका दिलिपलाई आइतबार सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । हिन्दुजा अस्पतालका डा। जलिल पारकरले ‘फोक्सोमा पानी भरिनु उमेर सम्बन्धित समस्या भएको बताए ।

दिलिप कुमारको तर्फबाट फैजल फारुखीले उनी डिस्चार्ज भएको जानकारी सोसल मिडिया मार्फत दिएका छन् । उनले लेखेका छन्, ‘तपाईंहरुको प्रेम, स्नेह र प्रार्थना लिएर दिलिप साहब अस्पतालबाट घर जाँदै हुनुहुन्छ । ’

अघिल्लो महिना पनि दिलिप कुमार अस्पताल भर्ना भएका थिए त्यतिबेला पनि उनलाई सास फेर्न समस्या भइरहेको छ भनिएको थियो र त्यतिबेला पनि सायरा बानोले आधिकारिक वक्तव्य जारी गर्दै उनी रुटिन चेकअपका लागि अस्पतालमा भर्ना भएको बताएकी थिइन् ।

About admin

Check Also

मेलिना र सुदितालाई हराउदै किरण पुगे लाईभ शोमा, कोच प्रमोदको निर्णयमा दर्शकको असन्तुष्टी ।

दुई साता रोकिएर अघिल्लो साताबाट प्रशारण सुरु भएको भ्वाईस अफ नेपालको नकआउट राउन्ड चलिरहेको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *