Monday , June 14 2021
Breaking News
Home / समाचार / आइतवार संक्रमित हुने र रोग जित्नेको संख्या झण्डै उस्तै, शनिवार भन्दा बढ्यो मृत्यु

आइतवार संक्रमित हुने र रोग जित्नेको संख्या झण्डै उस्तै, शनिवार भन्दा बढ्यो मृत्यु

काठमाडौं । नेपालमा महामारीको दोस्रो लहर पनि तीव्ररुपमा फैलिइरहेको छ। दिनप्रतिदिन संक्रमित र मृत्यु दर बढिरहेको तथ्याङ्कले देखाएको छ। पछिल्लो २४ घन्टामा मुलुकमा ७ हजार ९१४ जनामा सं क्रम ण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले थप ७ हजार ९१४ जनामा सं क्रम ण पुष्टि गरेको हो। जम्मा १८ हजार ९६५ नमूनाको परीक्षण गराउँदा ७ हजार ९१४ जनामा सं क्रम ण देखिएको हो।

यस्तै पछिल्लो २४ घन्टामा थप १९३ जना संक्रमितले ज्यान गुमाएका छन्। शनिबार मात्रै कोरोनाबाट १२९ जनाको मृत्यु भएको थियो। यस्तै १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित छन्।

मन्त्रालयका अनुसार उपत्यकामा २ हजार ८२१ जना संक्रमित थपिएका छन्। ३६६ जना भक्तपुरमा, ६९४ जना ललितपुरमा र १ हजार ७६१ जना काठमाडौंमा गरी २ हजार ८२१ जनामा संक्र रम ण देखिएको हो। आज ७ हजार ६४४ जना सं क्रम णमुक्त भएको मन्त्रालयले जनाएको छ।

हिजो ८ हजार ९८० जनामा सं क्रम ण पुष्टि भएको थियो भने ८ हजार ८४८ जना सं क्रम ण मुक्त भएका थिए। गएको २४ घण्टामा १ हजार ७२१ जना आईसीयूमा उपचाररत रहेकोमा ४२४ जना भेन्टिलेटरमा छन्।

About admin

Check Also

मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिन् यतिधेरै सहयोग

काठमाडौं। मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *