Monday , June 14 2021
Breaking News
Home / समाचार / नेपालमा पनि आउँदै ख ‘तरा, मुम्बईमा ठूलो वर्षाले क्ष’ती

नेपालमा पनि आउँदै ख ‘तरा, मुम्बईमा ठूलो वर्षाले क्ष’ती

काठमाण्डौ । भारतमा मनसु’न भित्रिएको छ । एक दिन अगावै भित्रिएको मनसुनी प्रणालीका कारण मुम्बईमा ठूलो वर्षा भएको छ । मुम्बईका धेरै ठाउँ जलमग्न भएका छन् । त्यहाँको मौसम विभा’गले आउँदो पाँच दिनसम्म ठूलो वर्षाको सम्भावना रहेको भन्दै चे’ता’वनी जारी गरेको छ । वर्षाका कारण पानी जमेपछि स्थानीय रेल सेवा बन्द गरिएको छ ।

यस्तै, वर्षाका कारण केही ठाउँमा ट्राफिक जामस’मेत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आज पुणेमा पनि वर्षाको सम्भावना रहेको ख’ब’रमा उल्लेख गरिएको छ । वर्षा याम सुरु गराउने मौसम प्रणाली– मनसुन, ने’पा’लमा भित्रिनै लागेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार नेपालको पूर्वी क्षेत्रको आकाशमा मनसुनी बादल प्रवेश गरिसकेको छ। मनसुन जहिले नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गर्ने हो।

उनका अनुसार मनसुन भित्रिनै लागेकाले अहिले देशका धेरै स्थानमा बादल लागेको छ। काठमाडौं उपत्यकामा पनि चिसो मह’सु’स भएको छ।
मौषमविद् पौडेलका अनुसा’र मनसुन बंगालको खाडीमा आइपुगेको छ। दक्षिण हिन्द म’हा’सागरअन्तर्गत पूर्वी अफ्रिकाको म्यातागा’स’कार टापुनजिक समुद्रमा बन्ने उच्च चापीय क्षेत्रबाट मनसुन विकास भएर बंगालको खाडी हुँदै नेपाल प्रवेश गर्छ।

यसपटक अधिक वर्षा हुने भनेर आफूहरूले २ म’हि’नाअघि नै सूचना सार्वजनिक गरिसकेको बताउँदै मौसमविद् पौडेलले बाढी आउने, पहिरो जाने तथा डुबान हुने क्षेत्रमा सम्बन्धित निकाय तथा नागरिकले क्षतिबाट बच्ने तयारी गर्न सुझाव दिएका छन्। ‘अझै पनि तयारी गर्ने समय छ, सुरक्षित स्थानमा सर्नुपर्ने हो कि,’ उनले भने, ‘यस्ता विषयमा पहिले ध्यान दिन सक्यौं भने क्षतिबाट बच्न सकिन्छ।’

About admin

Check Also

मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिन् यतिधेरै सहयोग

काठमाडौं। मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *