Monday , June 14 2021
Breaking News
Home / समाचार / काे-राेना संक्रमणमा कमी आए पनि जोखिम अझै नटरेको भन्दै स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सूचना

काे-राेना संक्रमणमा कमी आए पनि जोखिम अझै नटरेको भन्दै स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सूचना

काे-राेना संक्रमणमा कमी आए पनि जोखिम अझै नटरेको भन्दै स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सूचना । सरकारले निषेधाज्ञा केही खुकुलो गरेको भएपनि जोखिम भने नघटेको जनाएको छ । जोखिम कायम रहेकाले घरमा रित्ता अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

पछिल्ला केही दिनयता संक्रमणमा कमी आए पनि महा-मारीको जोखिम नटरेकाले सा-वधानी अपनाउन सूचना जारी गर्दै मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले सिलिन्डरहरु व्यक्तिका घर, टोल, आइसोलेसन सेन्टर र अस्पतालमा भएका रित्ता सिलिन्डर भरेर राख्न आग्रह गरेका हुन् ।

‘जुनसुकै व्यक्ति, संस्था, निकायले जुनसुकै बहानामा लैजानुभएको अक्सिजन सिलिन्डर यथाशक्य चाँडो जुन उद्योगको सिलिन्डर हो सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनुहुन अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।

खाली सिलिन्डरहरु अहिले समयमै भर्नका लागि सम्बन्धित उद्योगहरुमा नपुग्दा अक्सिजनको समग्र आपूर्ति प्रणालीमा असर गर्ने र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिलाई अप्ठ्यारो पर्ने भएकाले सिलिन्डर भर्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले अस्पतालहरुले अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न, अक्सिजन प्लान्ट वा ट्यांक मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था मिलाउन पनि भनेको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिन् यतिधेरै सहयोग

काठमाडौं। मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *