Monday , June 14 2021
Breaking News
Home / समाचार / को-रोना भाइरस तीव्र गतिमा फैलिरहेको बेला सबैले जान्नुपर्ने यि कुराहरु !

को-रोना भाइरस तीव्र गतिमा फैलिरहेको बेला सबैले जान्नुपर्ने यि कुराहरु !

को-रोना भाइरस तीव्र गतिमा फैलिरहेको बेला सबैले जान्नुपर्ने यि कुराहरु ! को- रोना भाइरस सङ्क्रमणका कारण सङ्घीय राजधानी काठमाण्डू सहित मुलुकका विभिन्न स्थानमा अस्पतालहरू भरिएको र शय्या पाउन गाह्रो भएको गुनासाहरू आइरहेका छन् । कतिपय को- भिडका बिरामीहरू घरमै बसिरहेका छन् ।उसोभए कस्तो अवस्था आए अस्पताल जाने त ?

डा. पुनका अनुसार पल्स अक्सिमिटर उपकरणको सहयोगमा घरमै शरीरमा अक्सिजनको तह कति छ भन्ने कुरा बिरामीहरूले गर्नुपर्ने हुन्छ । “अस्पताल जानुपर्ने नजानुपर्ने एउटा एकदम ‘क्रि-टिकल डिसिजन’ (संवेदनशील निर्णय) जुन भन्छ त्यो त्यसले (अक्सिमिटर) देखाउँछ। अर्को कुरा त्यो (अक्सिमिटर) कसैसँग भएन भने श्वासप्रश्वासमा समस्या हुने, अत्यधिक खोकी लागेकोलाग्यै गर्ने, बान्ता आउन थाल्यो, पखाला लागेकोलाग्यै गर-याे भने उहाँहरू अस्पताल पुग्नुपर्छ वा कम्तीमा पनि चिकित्सकको सम्पर्कमा रहनुपर्छ,” उनले भने ।

को -रोना भाइरसको सङ्क्रमण जटिल चरणमा जाँदा अक्सिजन कम हुने सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी बताउँछन्। उनका अनुसार अक्सिजन कम हुँदा निश्चित उपचार सुरु गर्नुपर्ने हुन्छ । को- रोना भाइरस लागेका कतिपयमा भाइरल नि-मोनिया पनि देखिने गरेको पाइएको भए पनि त्यसलाई कुनै एन्टिबायोटिक वा अन्य उपचारबाट निको पार्न नसकिने उनको भनाइ छ। भाइरल निमोनिया भएका अधिकांश मानिसहरूको शरीर आफैँले प्रतिरोध गर्ने सुवेदी बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारी को-भिड-१९ को परीक्षण गर्दा सङ्क्रमण पनि नदेखिए पनि लक्षण हुँदा वा गाह्रो महसुस भए ११३३ र १११५ नम्बरको हटलाइन सेवामा सम्पर्क गर्न सकिने बताउँछन् । त्यसबाहेक ९८५१२५५८३९, ९८५१२५५८३७ नम्बरका मोबाइल नम्बरबाट चौबीसै घण्टा चिकित्सकहरूले सल्लाह दिने गरेको उनको भनाइ छ।

“आफूलाई लक्षण के छ, आफूलाई गाह्रो के भएको छ भनेर त्यहाँ सम्पर्क गर्न सक्छौँ। त्यो गर्दा चिकित्सकले घरमै बस्दा गर्न सकिने उपाय भन्नुहुन्छ भने नजिकमा कुन स्वास्थ्यसंस्थामा (शय्या) खाली छ भन्ने कुराको प्रबन्ध गरिदिनुहुन्छ,” उनले भने ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।

About admin

Check Also

मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिन् यतिधेरै सहयोग

काठमाडौं। मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *