Monday , June 14 2021
Breaking News
Home / समाचार / हार्दिक धन्यवाद पेमा छाल गुम्बाबाट मुस्ताङका ५ सय २७ परिवारलाई खाद्यान्‍न राहत वितरण

हार्दिक धन्यवाद पेमा छाल गुम्बाबाट मुस्ताङका ५ सय २७ परिवारलाई खाद्यान्‍न राहत वितरण

जोमसोम: मुस्ताङका ५ स्थानीय तह अन्तर्गत पहिलो चरणमा तल्लो मुस्ताङको दुई स्थानीय तहका ५ सय २७ घरधुरीलाई आइतबार राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ

कोभिड-१९ को माहामारीसँगै जिल्लामा आम्दानी विहीन बनेका विपन्न, दलित तथा पछि पारिएका परिवारलाई पोखरास्थित पेमा छाल साक्या गुम्बा याम्दीले स्थानीय तहको समन्वयमा राहत स्वरुप करिव ९ लाख मुल्य बराबरको खाद्यान्न लगायत सामाग्री वितरण गरेको जनाएको छ ।

थासाङको ५ वटै वडामा २ सय ३० घरधुरी र घरपझोङको ५ वटै वडामा २ सय ४५ घरधुरीलाई खाद्यान्न लगायत सामाग्री वितरण गरिएको हो । यस्तै, मुस्ताङको घरपझोङ-१ छैरो तिब्बती शरणार्थी क्याम्पका ५२ घरधुरीलाई समेत राहत वितरण गरिएको छ ।

पेमा छाल साक्या गुम्बाका अनुसार कोभिड-१९ का कारण आर्यआर्जनविहीन भइ समस्यामा परेका मुस्ताङका दलित र विपन्न घरधुरीलाई राहत प्रदान गर्ने उद्देश्यले पहिलो चरण अन्तर्गत प्रति घरधुरी २५ केजीको चालम १ बोरा,खाने तेल १ लिटर, नुन, साबुन र सर्जिकल मास्क वितरण गरेको गुम्बाका प्रतिनिधि टासी वाङग्यल बिष्टले जानकारी दिए ।

पेमाछाल गुम्बा याम्दीले थासाङ-१ मा २८ , थासाङ-२ मा ४८, थासाङ -३ मा ४५, थासाङ-४ मा ६९ र थासाङ-५ मा ४० घरधुरीलाई खाद्यान्न राहत वितरण गरेको छ भने घरपझोङ-१ मा ४०, घरपझोङ-२ मा ४८, घरपझोङ-३ मा ४५, घरपझोङ-४ मा ६९ र घरपझोङ ५ मा ४० घरधुरीलाई राहत वितरण गरेको बताएको छ ।

यस्तै, गुम्बाले दोश्रो चरणको राहत वितरण कार्यक्रम अन्तर्गत केही दिनमै मुस्ताङको लोमान्थाङ, लोघरकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका दलित र विपन्न समुदायलाई खाद्यान्न वितरण गर्ने जनाएको छ ।मुस्ताङका गरिव, दलित र विपन्न समुदायलाई राहत वितरण गर्ने उद्देश्यले गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्ट, पेमा छाल गुम्बाका खेन्पो कुङ्गा धोन्डुप गुरुङ, मेनेजर टासी वाङग्य बिष्ट र गुम्बा स्कुलमा प्रअ ङावाङ टासी गुरुङसहितको टोली पोखराबाट मुस्ताङ आएको थियो ।

टोलीले सांसद बिष्टको रोहवरमा स्थानीय जनप्रतिनिधि र कर्मचारीको उपस्थितमा दुई स्थानीय तहको ५ वटै वडा कार्यालयमा पुगेर खाद्यान्न लगायत सामाग्री वितरण गरेको जनाएको छ । सो अवसरमा गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले राहत हस्तान्तरण गर्दै धार्मिक संस्थाका रुपमा स्थापित पेमा छाल गुम्बाले मुस्ताङमा कोरोना कहरबाट पीडित बनेका गरिब र दलित परिवारलाई राहत वितरण गरिनु स्वागयोग्य कदम भएको बताए ।

About admin

Check Also

मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिन् यतिधेरै सहयोग

काठमाडौं। मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *