Monday , June 14 2021
Breaking News
Home / जीवनशैली / एसएलसीमा जिल्ला टप गरेर डाक्टर बन्न काठमाडौं आएका प्रमोद खरेल यसरी बने चर्चित गायक

एसएलसीमा जिल्ला टप गरेर डाक्टर बन्न काठमाडौं आएका प्रमोद खरेल यसरी बने चर्चित गायक

प्रमोद खरेल सायद यो नाम ससुन्ने कमै होलान् । साना-साना देखि वृद्धहरुले पनि उनको नाम सुनेकै छन् । प्रमोद खरेल नेपाली संगीत क्षेत्रका जल्दाबल्दा गायक हुन् । उनले एकपछि अर्को हिट गीत दिँदै आएका छन् ।

अहिले उनी भ्वाईस अफ नेपालको जज पनि छन् । भ्वाइसको तिनै सिजनमा जज बसेका प्रमोदको पढाइ पनि राम्रो छ । भ्वाईसमा उनको बोल्ने शैले, जस्तो छ त्यस्तै कमेन्ट गर्न सक्ने क्षमता सबैले मन पराउछन । अघिल्लो सिजनमा उनकै टिमले भ्वाईसको उपाधी जितेको थियो ।

उनका बुबा, आमा दुबै शिक्षक हुन् । बाले पढाउने स्कुल घरभन्दा केही पर थियो भने आमाले पढाउने घर नजिकै । उनी आमासँगै स्कुल जान्थे र आमासँगै फर्किन्थे । उनी बाल्यकालमा आमासँगै बढि नजिक भएँ ।’ पढाईमा निकै तेज उनले एसएलसीमा जिल्ला टप गरेका थिए । स्कुल पढ्दा कहिल्यै गीत गाएनन्, मात्रै अरुले गाएको सुने । उनले गीत गाउन थालेको एसएलसी पास भएपछि मात्र हो ।

खरेलको जन्म वि.सं २०३७ साल कार्तिक १० मा बुवा बलभद्र खरेल र आमा विष्णु शर्मा खरेलको पहिलो सन्तानको रूपमा भएको थियो। उनी अहिले ४१ बर्षका भएका छन ।

आमाका निकै आज्ञाकारी छोरा थिए प्रमोद । आमाले किचनमा काम गर्दा उनी किताब बोकेर आमाकै छेउमा पुग्थे । स्कुलमा पनि ज्ञानी विद्यार्थी थिए । चकचक गर्दैनथे । कहिल्यै कुनै शिक्षकवाट सजाय भोग्नु परेन । घरमा उनलाई ‘प्रमोद बाबु’ भनेर बोलाउँथे सबैले । स्कुलमा पनि त्यही नाम थियो ।

जब कक्षा ६ मा पुगे, उनलाई नामको पछाडी बाबु शब्द मन परेन । कक्षा ६ मा पढ्दा हाजीरी गराउने शिक्षकलाई भने, ‘सर, मेरो नामको पछाडीको बाबु काट्दिनुस् न ।’ शिक्षकले सरक्क नाम काटिदिए । त्यसपछि उनी प्रमोद मात्रै भए ।

उनको स्कुलमा अतिरिक्त क्रियाकलाप हुन्थ्यो । गीत संगीतका धेरै कार्यक्रम हुन्थे । तर, कहिल्यै सहभागी भएनन् । उनको दिमागमा ठूलो भएपछि डाक्टर बन्नुपर्छ भन्ने परेको थियो । त्यसकारण संगीतमा ध्यानै दिएनन् । नगाए पनि रुची भने अत्यधिक थियो संगीतप्रति ।

नारायण गोपालको फ्यान प्रमोद भारतका मोहम्मद रफी, किशोर कुमार, कुमार सानुलगायतका गीत सुन्थे । उनको घर भारतको बोर्डर साइड (झापा)मा भएकाले पनि हिन्दी गीतको बढि प्रभाव थियो । घरमा रेडियो थियो तर, रेडियोमा सबै समय गीत आउदैन थियो । त्यस्तो अवस्थामा बजारवाट क्यासेटको चक्का किनेर ल्याएर सुन्थे ।

उनको मामाघर सिक्किम । मामाघर पुग्न पुरै एक दिन लाग्थ्यो । ठुलै साइत नजुराई मामा घर जान सम्भव थिएन । दुई-तीन वर्ष बिराएर दसैंमा पुग्थे । परिक्षा सकिएपछि एक महिना छुट्टी हुन्थ्यो । त्यो वेलामा आफन्तकोमा जाने चलन थियो ।

फेसनको मामलामा पनि उनी निकै सिधा थिए । मलाई यो चाहियो कहिल्यै भनेनन् । घरमा बा-आमाले जे ल्याइदिन्थे त्यहि लगाउँथे । प्राय नयाँ लुगा दसैं र परिक्षा सकिएको बेला किन्ने चलन थियो । जुत्ता जरुरी थिएन । चप्पलमै चलेको थियो स्कुले जिन्दगी ।

साइकलका सौखिन थिए । एक दिन बाले सोधे, ‘साइकल किनिदिउँ ?’ प्रमोद आफैंले सर्त राखे ‘आठ कक्षामा स्कुल टप गरेँ भने किन्दिनु ।’ नभन्दै आठ कक्षा स्कुल टप गरे । अनि बाबाले साइकल किनिदिए । ७ कक्षासम्म आमाले पढाउने स्कुल पढेका प्रमोद ८ कक्षापछि भने बाबाले पढाउने स्कुलमा भर्ना भए । एसएलसीमा जिल्ला टप गरे । उनले सोचे अब डाक्टर बन्नुपर्छ । एडभान्स कोर्स गर्नका लागि काठमाडौ आए ।
एमबीबीएसको परिक्षा पनि दिए तर, नाम निस्केन । त्यही बेला काठमाडौंमा एफएमको बाढी सुरु भएको थियो । प्राय सबै एफएमले गीत संगीतलाई उच्च प्राथमिकता दिन्थे । काठमाडौ आएको दुई वर्षमा उनी यसरी संगीतमा भिजे, डाक्टर बन्न काठमाडौ आएको केटो कुशल गायकको रुपमा स्थापित भयो । यस्तै उनले सन् २००३ मा त्रिभुवन विश्वविद्यालयबाट रसायन विज्ञानमा स्नातकोत्तर गरेका थिए। उनले विगतमा पिरामिड कलेज र ह्वाइट गोल्ड कलेजमा प्रवक्ताको रूपमा काम पनि गरे ।

About admin

Check Also

जस्तोसुकै कालो खुट्टालाई पनि यसरी बनाउनुहोस् केही मिनेटमै गोरो र चमकदार

काठमाडौँ । मौसम परिवर्तनपछि सबैभन्दा धेरै असर छालामा पर्ने गर्दछ। आज हामी तपाईलाई खुट्टालाई गोरो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *