Saturday , June 19 2021
Breaking News
Home / स्वास्थ्य / को-रोना जस्ता रोग प्रतिरोधात्मक क्षमता अभिवृद्वि गर्ने ४८ जडिबुटी बाट बनाएको औषधि यि ठाउमा निःशुल्क वितरण !

को-रोना जस्ता रोग प्रतिरोधात्मक क्षमता अभिवृद्वि गर्ने ४८ जडिबुटी बाट बनाएको औषधि यि ठाउमा निःशुल्क वितरण !

को-रोना जस्ता रोग प्रतिरोधात्मक क्षमता अभिवृद्वि गर्ने ४८ जडि-बुटी बाट बनाएको औषधि यि ठाउमा निःशुल्क वितरण !  को-रोना सङ्क्रमित तथा रूघा, खोकी, ज्वरो, फ्लु रोगीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्विमा उपयोगी हुने गु-र्जो सहितको धुलो औषधी एवं चिया (काँढा) ३१ जिल्लाका ११० स्थानबाट निःशुल्क वितरण भइरहेको छ ।

आ-युर्वेद चिकित्सक तथा विज्ञको परामर्शमा तयार गरी गु-र्जो अभियानकर्मी आन्तरिक राजश्व विभाग धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटले गु-र्जोका औषधी निःशुल्क वितरणको व्यवस्था मिलाउनुभएको हो । आयुर्वेद चिकित्सक डा ऋषिराम कोइराला, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरका कार्यकारी निर्देशक डा। रामआधार यादवलगायत चिकित्सकको सल्लाहमा ४८ प्रकारका जडि-बुटीबाट यो औषधी तयार पारिएको हो ।

नयाँ भेरियन्टसहितको को- रोनाको सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गु-र्जोका परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ । को-रोना पोजेटिभ भएका मानिसले पनि गु-र्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ आएको अनुभव सुनाएका छन् । कीर्तिपुरस्थित आ-युर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आइसोलेसनमा राखिएका को- रोना पोजेटिभ लगायत लाई गु-र्जो लगायत जडि-बुटीकै सेवन गराउने गरिएको कार्यकारी निर्देशक डा। यादवले जानकारी दिनुभयो ।

यी केन्द्रमा बिहान बेलुका प्राणायाम, योग र ध्यानसमेत गराइन्छ । यो विधिबाट उपचार गर्दा बिरामी ठीक भएर फर्कने गरेको उहाँको भनाई छ । कार्यालय प्रमुख राजलवटले विसं २०७६ चैतमा नेपालमा को-रोना सङ्क्रमित देखिएदेखि नै गु-र्जोका बिरुवा, धुलो, औषधी र चिया निःशुल्क वितरण गर्दै आउनुभएको छ । यसअघि राजश्व कार्यालय लाहानको प्रमुख रहनुभएका उहाँले त्यहाँको सरकारी निवास परिसरमा गु-र्जोका बिरुवा उत्पादन गरी देशव्यापी रुपमा वितरण शुरु गर्नुभएको हो ।

हालसम्म एक लाख ६० हजारभन्दा बढी गु-र्जोका बिरुवा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । त्यति नै सङ्ख्यामा गु-र्जोबाट बनेको चिया र धुलो पनि निःशुल्क वितरण गरिएको छ । सार्वजनिक स्थलमा हुने कार्यक्रममा निःशुल्क गु-र्जोको चियासमेत करिब दुई लाख मानिसलाई खुवाइएको उहाँ बताउनुहुन्छ । गु-र्जोका परिकारले कब्जियत हटाउने, तरोताजा एवं स्फूर्तिसमेत बढाउने सेवनकर्ताको अनुभव छ ।

यस्तै महत्वको औषधी भएकाले एक घरमा अनिवार्य रुपमा एउटा गु-र्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधीको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताउनुहुन्छ । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधीको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने सिद्धान्तका आधारमा गु-र्जोजस्ता ओषधीय गुणले युक्त वनस्पतिको संरक्षण गरिनुपर्ने उहाँले बताउनुयो ।

हिमालयका काखमा रहेको नेपाली वनपाखामा धेरै किसिमका औषधीय गुणले युक्त जडिबुटी एवं वनस्पति भएपनि तिनको सदुपयोग हुन सकेको छैन । कतिपय जडि-बुटी, वनस्पति चोरी निकासी भई त्यसमा रासायनिक पदार्थ मिलाएर बनाइएको आधुनिक औषधी नेपालमा भित्रने गरेको अभियानकर्मीको गुनासो छ । आ-युर्वेद अस्पताल र औषधालयलाई प्रवद्र्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने चिकित्सक आचार्यको भनाई छ ।

आ-युर्वेद औषधी उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समितिसमेत निरन्तर ओरालो लागेकाले सरोकार भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको माग छ । रासस // काे-भिड – १९  बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

सुगर रोगीका लागि यी ७ चिज अमृत सरह, ब्लड प्रेसरलाई पनि गराउँदछ कम !

काठमाडौँ । मधुमेह अर्थात (सुगर) चिनी रोग मानव स्वास्थ्यका लागि एक चुनौतिको रुपमा रहेको रोग …

Leave a Reply

Your email address will not be published. Required fields are marked *