Saturday , June 19 2021
Breaking News
Home / समाचार / कुलमान घिसिङ र रबि लामिछाने लाई चुनाव लड्न आग्रह !

कुलमान घिसिङ र रबि लामिछाने लाई चुनाव लड्न आग्रह !

काठमाण्डौं : नेताहरुको सत्ता मोहको किचलोले गर्दा युवा पुस्ता हरु निरास भएका छन बेला बेलामा कुनै पनि क्षेत्रमा अब्बल र स्थापित ब्यक्तिहरु धुर्मुस सुन्तली रबि लामिछाने

विजय लामाहरु लगायत कुलमान घिसिङ राजनितिमा आउनुपर्छ भन्ने आवाज उठिरहेको वेला फेरि पनि विद्युत प्राधिकरण का पुर्व कार्यकारी लाई चुना’व लड्न आग्रह गरिएको छ। नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुल

मान घिसिङलाई चुनाव लड्न आग्रह गरिएको छ । गायक तथा अभिनेता रोबिन तामाङले घिसिङलाई यस्तो आग्रह गरेका हुन् । गायक तामाङले सोमबार फेसबुकमार्फत घिसिङलाई आउँदै गरेको चुनावमा उम्मे’द्वारी दिन आग्रह गरेका छन् । गायक रोबिन लेख्छन्, “कुलमान दाइ (कुलमान घिसिङ) चुनाव आँउदैछ ।

दाइ म भित्रैदेखि तपाईंलाई उमेदवारी दिन आग्रह गर्दछु, “तपाईंले पक्कै पनि जनताको साथ” पाउनुहुनेछ । म नेपालीले शहिरहेको पीडा देखेर थकित भैसकेको छु, हाम्रो देश धेरै राम्रो हुन सक्छ ।”

रोबिनले आफ्नो साथ सधैं रहिरहने भन्दै ‘ग्रिन पार्टी’ नाम दिएर नयाँ वातावरणको संरक्षण गर्ने एजेन्डा लिएर अघि बढ्न पनि सुझाव दिएका छन् । उनको यो आग्रह र सुझावलाई गम्भीरतापूर्वक मनन गर्न आग्रह पनि गरेका छन् ।

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *