Monday , June 14 2021
Breaking News
Home / स्वास्थ्य / सम्भावित को-रोनाको तेस्रो लहरबाट बच्न कस्ताे तयारी आवश्यक !

सम्भावित को-रोनाको तेस्रो लहरबाट बच्न कस्ताे तयारी आवश्यक !

सम्भावित को-रोनाको तेस्रो लहरबाट बच्न कस्ताे तयारी आवश्यक ! महामारीको तेस्रो र चौथो लहरले बालबालिका धेरै प्रभावित हुने आँकलन सरकारले गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई परिपत्र गर्दै तेस्रो र चौथो लहरबाट बालबालिका प्रभावित हुने भन्दै स्वास्थ्य संस्थामा तयार रहेका आइसोलेसनमा रहेका,

शय्याको २० प्रतिशत शैय्या बालबालिकाका लागि छुट्टाउन र अन्य तयारी गर्न मन्त्रालयले निर्देशन दिएको छ । जिल्लामा रहेको एक मात्र अस्पताल धौलागिरि अस्पतालमा तेस्रो लहरसँग जुध्न पूर्वाधारको अभाव छ । अस्पतालमा बालबालिकाका लागि आवश्यक सघन उपचार कक्ष ९एनआइसियु र पिआइसियु० छैन् । ‘‘बालबालिकाका लागि भनेर छुट्टै व्यवस्था केही पनि छैन्’’ अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र बिक पोखरेलले भन्नुभयो, ‘‘अहिले पनि शङ्कास्पद बिरामीको जाँच र उपचार वयस्कहरुको जस्तै गरेर गरिरहेका छौँ, फर्काएका छैनौँ ।’

बच्चाको लागि आवश्यक पूर्वाधारको तयारीमा लागेको उहाँले बताउनुभयो । एक महिनाभन्दा कम उमेरका बालबालिकाका लागि अन्य समयमा समेत आवश्यक पर्ने एनआइसियु स्थापनाका लागि पटक–पटक आग्रह गरिएको भएपनि अहिलेसम्म सङ्घीय र प्रदेश सरकारबाट सम्बोधन हुन नसकेको गुनासो उहाँले गर्नुभयोे ।

‘‘२० प्रतिशत शैय्याको विषयमा हामी छलफलमै छौँ, तयारी केही भैसकेको छैन्’’, उहाँले भन्नुभयो ‘‘पूर्वतयारीमा लाग्ने निर्देशन छ सोही अनुसार काम हुन्छन् ।’’ अस्पतालमा दाताहरुले बालबालिका लागि आवश्यक सघन उपचार कक्षको स्थापनामा चासो देखाएको उहाँले बताउनुभयो । दाताको सहयोग लिएर व्यवस्थापनमा लाग्ने अस्पतालको तयारी छ ।

स्वास्थ्य कार्यालय बागलुङले भने सबै बर्थिङ सेन्टर, स्वास्थ्य संस्था र अस्थायी कोभिड अस्पताललाई दोस्रो र तेस्रो लहरका लागि तयार राख्ने प्रयास थालेको छ । ‘‘बच्चा प्रभावित हुने भाइरसले बर्थिङ सेन्टरमा सबैभन्दा ठूलो प्रभाव राख्छ’’, को-भिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले भन्नुभयो, ‘‘हामीले छलफल चलाउँछौँ र निर्देशनअनुसार तयारी हुन्छ ।’’ घिमिरेका अनुसार बालबालिकाको अक्सिजनको मात्र नाप्ने यन्त्र, मास्क, र अस्पतालहरुमा अनुगमन गर्ने विधिको अभाव छ ।

वयस्कहरुका लागि प्रयोग हुने स्रोत साधनले बालबालिकाका लागि नहुने कार्यालयको आँकलन छ । बागलुङमा निसीखोला, बरेङ, ताराखोला र काठेखोला गाउँपालिकामा अस्थायी को-भिड अस्पताल बनाइएको छ । ती अस्पतालहरुमा पनि बालबालिकाका लागि शैय्या भने छुट्टाएका छैनन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

सुगर रोगीका लागि यी ७ चिज अमृत सरह, ब्लड प्रेसरलाई पनि गराउँदछ कम !

काठमाडौँ । मधुमेह अर्थात (सुगर) चिनी रोग मानव स्वास्थ्यका लागि एक चुनौतिको रुपमा रहेको रोग …

Leave a Reply

Your email address will not be published. Required fields are marked *