Monday , June 14 2021
Breaking News
Home / प्रमुख समाचार / ट्याक्सी चालक कर्णराजको अर्को सफलता, सुरक्षा र सागरलाई हराउदै पुगे लाईभ शो मा ।

ट्याक्सी चालक कर्णराजको अर्को सफलता, सुरक्षा र सागरलाई हराउदै पुगे लाईभ शो मा ।

दुई साता रोकिएको भ्वाईस अफ नेपालको प्रशारण यो साताबाट सुरु भएको छ । नकआउट राउन्डको पहिलो भागको पहिलो प्रस्तुति थियो टिम तृष्णाको । नकआउटमा कर्णराज गिरी, सागर हमाल र सुरक्षा सेन्चुरीको कडा टक्कर पर्‍यो । तिनै प्रतिस्पर्धीले दमदार प्रस्तुति दिएपनी अन्तत कर्णराज गिरी दुई उत्कृष्ट प्रतिस्पर्धीलाई पन्छाउदै लाईभ शोमा पुग्न सफल भए ।

एक दमदार आवाजका धनी हुन् कर्णराज गिरी । भ्वाईस अफ नेपाल-३ को ब्लाईन्ड अडिसनमा प्रमोद खरेलको ‘म बाचेकै तिमिलाई माया लाउन हो’ गीत गायर सबैको मन जित्न सफल भएका थिए । ब्याटलमा उनले समिरा थपलियासंग ‘आज हाम्रो भेटभाको दिन’ गीत गाएर उत्कृष्ट प्रस्तुति दिएर नकआउट राउन्डमा आईपुगेका थिए । उनी पेशाले एक ट्याक्सी चालक पनि हुन् ।

नकआउट राउन्डमा उनको एक प्रतिद्वन्दी थिए सुर्खेतका सागर हमाल । आफ्नो दमदार आवाजका कारण साँगितिक क्षेत्रमा चर्चा कमाएका सागर । उनले ब्याटल राउण्डमा टिम तृष्णाकै रोजन परियारसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘शिरफुल सिरैमा’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये सागरलाई नकआउट राउण्डका लागि छनौट छनोट गरेका थिए ।

यस्तै नकआउटमा कर्णराजको अर्को प्रतिद्वन्दी थिईन निकै चर्चामा आएकी सुरक्षा सेन्चुरी । गायन विधा तर्फको नेपालको सबैभन्दा ठुलो रियालिटी शो मानिने भोइस अफ नेपालको सिजन थ्री मा दार्जीलिङमा बसोबास गर्दै आएकी एक सुरक्षा सेन्चुरी घर दार्जिलिङ भए पनि मनमा नेपालको माया र नेपाली संगीतमा निकै रुचि भएको कारणले गर्दा भोइस अफ नेपालको यात्रा रोजेकि थिइन । ब्याटल राउन्डमा किरण गजमेर संग ‘जनम जनम जिउला संगै’ गीत गाए चर्चामा आएकी सुरक्षा स्टिल भएर टिम प्रमोदबाट टिम तृष्णामा पुगेकी थिईन ।

About admin

Check Also

शनिबारसम्म मुलुकभर वर्षाः सतर्क रहन सरकारको आह्वान

यास चक्रावतको असरले मुलुकका अधिकांश भू-भागमा वर्षा भएको छ । मंगलबारदेखि नै भइरहेको वर्षा अब …

Leave a Reply

Your email address will not be published. Required fields are marked *