Friday , June 18 2021
Breaking News
Home / समाचार / Breaking: नेपालमा आज एकैदिन ८२४३ निकाे भए, नेपालमा आज शनिबार ह्वात्तै घटे को’रोना संक्रमित [संख्या सहित]

Breaking: नेपालमा आज एकैदिन ८२४३ निकाे भए, नेपालमा आज शनिबार ह्वात्तै घटे को’रोना संक्रमित [संख्या सहित]

काठमाडौं । नेपालमा आज एकैदिन ८ हजार २४३ निकाे भएका छन् ।आज निको हुने सहित अहिले सम्म नेपालमा ४ लाख ८४ हजार ३७३ जना संक्रमणमु’क्त भएका छन् ।त्यस्तै आज ५ हजार ४२ जनालाई संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४७१ पीसीआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण गर्दा ५ हजार ४२ जनालाई संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार हजार २०४ जनालाई संक्रमण पुष्टि भएको छ ।जसमध्ये भने ७ हजार ७९९ जनाको मृ’त्यु भएको छ ।

अहिले ९२ हजार ९२८ संक्रमित आइसोलेसनमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६८ जना संक्रमितको ज्यान गएको छ । उता डोटीको आदर्श गाउँपालिका–१ चाँसी गाउँका प्रायः सबै नागरिक को’रोना संक्रमणले प्रभावित भएका छन्।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार गाउँका ८५ जनाको को’रोना परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो। कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने तथा को’रोनासँग मिल्दोजुल्दो खालको लक्षण देखा परिरहेको बताइएको छ।

सिङ्गो गाउँ नै संक्रमणको च’पेटामा परेपछि उपचारमा स’मस्या भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन्। गाउँका अधिकांश ना’गरिकलाई संक्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अ’स्वीकार गरिरहेका गाउँपालिकाका सिनियर अहेब बमबहादुर खड्काले बताए।

उनले भने, ‘सि’ङ्गो गाउँ नै कोभिड संक्रमणले प्र’भावित छ, केहीले को’रोना जाँच गर्न मानेका छैनन्, संक्रमितको उपचारमा पनि स’मस्या छ।’ उनका अनुसार ५२ जना संक्रमितमध्ये दुईजना स्वास्थ्यकर्मी रहेका कारण उपचार गर्नमा झनै समस्या उत्पन्न भएको हो।

यतिमात्र नभई एउटै परिवारका ६ जनासम्मलाई संक्रमण पुष्टि भएको पाइएको छ। गाउँका अ’धिकांशलाई संक्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्वीकार गर्ने गरेका छन्। संक्रमित देखिएका ५२ जनामध्ये अहिलेसम्म कुनै संक्रमितलाई अस्पताल भने भर्ना गरिएको छैन।

संक्रमित देखिएकाहरुमा जटिल खालको स्वास्थ्य स’मास्या नदेखिएका कारण अस्पताल भर्ना नगरी घरैमा होम आइसोलेसनमा राखिएको सि’नियर अहेब खड्काले जानकारी दिए। गाउँमा रहेको स्वास्थ्य चौकीमा दुई स्वास्थ्यकर्मीमा पनि को’रोना देखिएका कारण संक्रमित देखिएकाको उपचार तथा रे’खदेख गर्नमा स’मस्या उत्पन्न भइरहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

About admin

Check Also

नायिका आँचल शर्मा र उदित श्रेष्ठ ५० परिवारको लागि राहत लिएर सिन्धुपाल्चोकमा, (हेर्नुस् ७ तस्बिर)

काठमाडौं। नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले ५० परिवारको लागि राहत लिएर ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *