Friday , June 18 2021
Breaking News
Home / जीवनशैली / केहि समयमै यस चीजको सेवनबाट घटाउनुहोस् १० किलोसम्म तौल ! [बनाउने विधि सहित]

केहि समयमै यस चीजको सेवनबाट घटाउनुहोस् १० किलोसम्म तौल ! [बनाउने विधि सहित]

एजेन्सी – तौल घटाउने वा तौललाई नियन्त्रण गर्ने काम धेरै नै चुनौतिपूर्ण छ | खासगरी यस्ता मानिसको लागि जो खानामा नियन्त्रण गर्न सक्दैन | हामी धेरै नै तनाबपूर्ण तथा ब्यस्त जीवन निर्बाह गर्दछौं | जसको कारणले गर्दा शारीरिक ब्यायाम गर्नको लागि हामीसंग समय हुदैन |

तौल घटाउने विभिन्न उपायहरु छन् | तर त्यसको लागि हामीले धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ |आज हामी तपाईलाई तौल घटाउने प्राकृतिक उपायबारे जानकारी दिन्छौ | जसले बिशेष रुपमा तपाईको पेटको तौल घटाउन मद्दत गर्दछ | र यसबाट तपाइको स्वास्थ्यमा पनि राम्रो असर पुग्दछ |

यस विधिमा प्रयोग हुने सम्पूर्ण सामाग्रीहरुमा पौष्टिक तत्व प्रचुर मात्रामा पाइने भएकोले यसले तपाइको पाचन प्रणालीमा सुधार ल्याई छिटो तौललाई घटाउन मद्दत गर्दछ | यस विधिलाई नियमित रुपमा प्रयोग गरेमा तपाइको तौल छिट्टै घटदछ | यस विधिमा मात्र ४ सामाग्रीहरु घ्यु कुमारी , कागती , अदुवा र महको प्रयोग हुन्छ | जुन स्वास्थ्यको लागि धेरै नै फाईदाजनक छ |

घ्यु कुमारी-हाम्रो स्वास्थ्यमा राम्रो असर पुर्याउने खाद्यपदार्थमा घ्यु कुमारी पनि एक हो | यसमा ७५ सक्रिय पौष्टिक तत्वहरु पाइन्छन | यसका साथै घ्यु कुमारीमा एमिनो तथा फैटी एसिड प्रचुर मात्रामा पाइन्छ | यसमा एन्टीअक्सिदेंत गुण हुने भएकोले यसले पाचन प्रक्रियामा सुधार ल्याई बोसोलाई हटाउनमा मद्दत गर्दछ | यसका साथै यसको प्रयोगले शरीरका बिषादीहरुलाई हटाई पाचन प्रणालीमा सुधार ल्याउदछ |

कागती-कागतीमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ | यसै कारणले गर्दा तौल घटाउनको लागि कागती धेरै नै प्रभावकारी छ | र यसले शरीरलाई शक्ति पनि प्रदान गर्दछ |

अदुवा-स्वास्थ्यमा राम्रो असर पुर्याउने मसलामा अदुवा पनि एक हो | यसमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ | यसका साथै मग्नेसियम तथा अरु पौष्टिक तत्वहरु पनि प्रचुर मात्रामा पाइने हुनाले यसको प्रयोगले शरीरको प्रक्रियाहरुमा सुधार ल्याउन मद्दत मिल्दछ | धेरै समय अगाडी देखि नै अदुवाको प्रयोग दुखाई कम गर्न , दम बाट बच्न , हृदय रोगबाट छुटकारा पाउनुको साथै पाचन प्रणाली एवं प्रतिरक्षा प्रणालीमा सुधार ल्याउनको लागि गरिंदै आएको पाइन्छ |

About admin

Check Also

‘वर्षमा सय रुपैयाँ खर्च गरे मिर्गौलाको समस्याबाट बच्न सकिन्छ’

हाँडीगाउँका सन्दिप जोशीले आफ्ना बुबालाई मिर्गौलामा समस्या देखिएपछि अस्पताल लैजानु भयो । अस्पतालमा सुरुमा उहाँले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *