Saturday , June 19 2021
Breaking News
Home / समाचार / प्रशासनले काठमाडौं उपत्यकामा सवारी साधनको लागि जारि गर्यो यस्तो नियम

प्रशासनले काठमाडौं उपत्यकामा सवारी साधनको लागि जारि गर्यो यस्तो नियम

काठमाडौ । काठमाडौं उपत्यकामा थप १० दिन सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइने भएको छ । बुधबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

बैठकले हाल कायम निषेधाज्ञालाई जेठ ३१ गतेसम्म लम्ब्याउने र सार्वजनिक तथा निजी यातायातका साधन आगामी २१ गतेदेखि ३१ गतेसम्म पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । सार्वजनिक तथा निजी सवारी साधनहरु आगामी जेठ २१ गते बिहान १ बजेदेखि ३१ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

यद्यपि अत्यावश्यक सवारी साधन, खाद्यान्न, तरकारी तथा फलफूल, दुध, पानी लगायतका ढुवानीका साधनहरुलाई भने रोक नलगाइने बैठकले निर्णय गरेको छ । साथै, सोही बैठकबाट हालसम्म रोकिएका निर्माण सामाग्री तथा औजार ढुवानीका सवारी साधनलाई भने सञ्चालन गर्न दिने निर्णय भएको छ ।

त्यस्तै सङ्क्रमितको सङ्ख्या नियन्त्रण गर्न स्थानीय प्रशासनले जिल्लामा जारी निषेधाज्ञालाई १० दिनका लागि थप गर्ने निर्णय गरेको छ । जिल्ला को भिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले पर्सामा जारी जेष्ठ २० गते राति १२ बजेसम्म रहेको निषेधाज्ञालाई ३० गते राति १२ बजे सम्मका लागि थप गर्ने निर्णय गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा सबेको बैठकले स ङ्क्रम णको श्रृङ्खला तोडन र फैलिरहेको स ङ्क्रम णलाई नियन्त्रण गर्दै सङ्क्रमितको उचित उपचार तथा व्यवस्थापन गर्न १० दिनका लागि निषेधाज्ञा अवधि बढाउने निर्णय गरेको छ ।

बैठकले अत्यावश्यक काम नभए घरमै बस्न जिल्लावासीलाई अपिल गर्दै नेपाल सरकारले निर्धाण गरेको स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरेको छ । निषेधाज्ञाका क्रममा अत्यावश्यक सेवामा प्रयोग हुने र जिल्ला प्रशासन कायालयले अनुमति दिएकाबाहेका दुई पाङ्ग्रेसहित सबै सवारीका साधन सञ्चालनमा रोक लगाइएको छ ।

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *