Saturday , June 19 2021
Breaking News
Home / समाचार / खाडी देश र मलेसियावाट आउने नेपाली श्रमिकका लागि लागू भयो नयाँ मापदण्ड

खाडी देश र मलेसियावाट आउने नेपाली श्रमिकका लागि लागू भयो नयाँ मापदण्ड

काठमाडौ । खाडीको देश र मलेसियाबाट स्वदेश फर्कने नेपाली श्रमिकले अब पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बसे पुग्ने भएको छ । होटेल क्वारेन्टिनको अ व धि पुरा गरेपछि पिसिआर रि पो र्ट ने गे टि भ आएपनि थप १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने छ ।

म हा मा रीको जोखिमका कारण बन्द गरिएको अन्तर्राष्ट्रिय उडान केही सहज भएसँगै संस्कृति पर्यटन तथा नागरिक उ ड्ड यन मन्त्रालयले नयाँ मापदण्ड जारी गरेको हो । जसमा खाडी मुलुकवाट आउनेहरुका लागि अनिवार्य ५ दिन होटल क्वारेन्टिन र त्यसपछि १० दिन होम क्वारेन्टिन बस्नुपर्ने उल्लेख छ ।

आज मं गलबारदेखि सरकारले नेपाली श्रमिकको खाडीको मुख्य श्रम गन्तव्य कतारसहित तीन देशबाट नियमित उडान खोलेको हो । मलेसियासहित अरू खाडीका देशमा भने अझैँ नै उडानमा प्रतिबन्ध नै लगाइएको छ । अन्य यात्रुका लागि तोकिएको मापदण्ड पुरानो यथावत राखिएको छ । जुन नेपाली र विदेशीका लागि लागू गरिएको छ ।

आकस्मिक अवस्थामा बाहेक विदेशबाट आउने अन्य यात्रु नेपाली तथा विदेशी दुवैलाई अनिवार्य १० दिन होटेल क्वरेण्टीनको प्रावधान अहिले पनि दोहोरिएको छ । नेपाल आउँदा साथमा ७२ घ ण्टा यताको नेगेटिभ रि पोर्ट साथमा हुनुपर्छ । यात्रुको साथमा १० दिन होटेल बुकिङ गरेको प्र माण पनि चाहिन्छ । हवाई उडानबाट आएका यात्रुको होटेल क्वरेण्टीनको खर्च आफैँले व्यहोर्नपर्छ ।

१० दिनसम्म बसेपछि भने लक्षण नदेखिएका वा परीक्षणबाट रिपोर्ट नेगेटिभ आएका सबै यात्रु गन्तव्यमा जान सक्नेछन् । आफ्नो धर्म, रीतिरिवाज, परम्परा अनुसार आफन्तको अन्तिम संस्कारका लागि विदेशबाट नेपाल आउने व्यक्तिको हकमा भने पालिकाको सिफारिसमा सिधै गन्तव्यमा जान दिइने छ । तर १० दिन होम क्वरेण्टी नमा बस्नपर्छ ।

सरकारले अब ठमेल, सुन्धारा, गोंगबु र कलंकी क्षेत्रका होटेलमा क्वरेण्टीन नतोकिने भएको छ । नयाँ मापदण्ड अनुसार अब यी क्षेत्रमा रहेका होटेललाई क्वरेण्टीनका रुपमा सूचीकृत गर्न नपाइने भएको हो । पर्यटन मन्त्रालयले होटेल क्वरेण्टीनका लागि होटेलको सूचीकरण गर्ने जिम्मा पर्यटन विभागको सिफारिसमा नेपाल पर्यटन बोर्डलाई दिएको छ ।

दीर्घरोगी, शारीरिक रुपमा अशक्त र बिरामीसँगै आएका कुरुवाको हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात र स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारेन्टिनमा बस्ने गरी जान दिइने भएको छ । ७५ वर्ष माथिका ज्ये ष्ठ नागरिक, पाँच वर्ष मुनिका नाबालक र नाबालकका आमा–बुबाको हकमा स्थानीय तहको सिफारिसमा कम्तिमा १० दिन क्वारेन्टिनमा बस्ने गरी जान दिइने भएको छ । कूटनीतिक नियोगका पदाधिकारी, कर्मचारी र उनी हरुका परिवारका सदस्यलाई नियोगको सिफारिसमा जान दिइने भएको छ ।

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *