Friday , September 24 2021
Breaking News
Home / रोचक / पोखरामा पक्राउ परेकी यी महिला, जस्ले केटाहरुसंग….

पोखरामा पक्राउ परेकी यी महिला, जस्ले केटाहरुसंग….

महिलाहरूलाई काम दिने प्रलोभनमा पारेर यौ’न ध’न्दा’मा लगाउने गरेको आरोपमा कास्कीको पोखराबाट एक महिला पक्राउ गरेकी छन्। पक्राउ पर्नेमा इलामको माई नगरपालिका–८ चिसापानी घर भई पोखरा महानगरपालिका–६ शान्ति नगरमा बस्दै आएकी २८ वर्षीया अस्मिता राई रहेकी छिन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार राईलाई मा’न’व बे’चबि’ख’न तथा ओसारपसारमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको हो।

शान्ति नगरमा ए वान रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी उनले रेस्टुरेन्टमा खाजा नास्ता बनाउने, खाजा नास्ता ग्राहकहरूलाई पुर्‍याउन वेटरको काममा लगाइदिन्छु भन्ने तथा कतिपयलाई ललाई फकाई प्रलोभनमा पारी यौ’न ध’न्दा’मा लगाउने गरेको सूचनाका आधारमा पक्राउ गरिएको डिएसपी हमालले बताए।

राईलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गत सोमबार नियन्त्रणमा लिएको हो। उनीविरुद्ध मा’न’व बे’च–बि’ख’न तथा ओसार पसार मु’द्दामा अनुसन्धान भइरहेको र पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको कास्की प्रहरीले बताएको छ।

About admin

Check Also

शारीरिक सम्बन्ध राख्न इच्छा हुदाँ महिलाले देखाउने ५ व्यवहार !

संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *