Friday , September 24 2021
Breaking News
Home / समाचार / छोनाम पर्वमा सार्वजनिक बिदा दिन माग L

छोनाम पर्वमा सार्वजनिक बिदा दिन माग L

छोनाम पर्वमा सार्वजनिक बिदा दिन माग l

वाग्मती

सिमान्तकृत चेपाङ समुदायको छोनाम(न्वागी) पर्वका दिन संघीय र प्रदेश सरकारले सार्वजनिक बिदा नदिएकोमा समुदायका अगुवाहरुले दु:ख व्यक्त गरेका छन् ।

भदौ २२ गते चेपाङ समुदायको महत्वपूर्ण पर्व छोनाम (न्वागी) पर्दछ । न्वागी पर्वका दिन चेपाङ बाहुल्य क्षेत्रमा सार्वजनिक बिदा दिनका लागि प्रदेश सरकार र संघीय सरकारसँग चेपाङ संघले माग गर्दै आएको छ ।

‘चेपाङ समुदायको महान् पर्व छोनाम(न्वागी)को दिन सार्वजनिक बिदा दिन तीनै तहका सरकारसँग विगतदेखि नै माग गर्दै आएका थियौं,’ नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष जीतेन्द्र चेपाङले भने,‘सरकारले सिमान्तकृत चेपाङ समुदायको आवाज सुनेन ।’

प्रदेश सरकारले गाईजात्राको दिन वाग्मती प्रदेशमा सावर्जनिक बिदा दिएको तर चेपाङ समुदायको पर्वमा छुट्टि नदिएको संविधानसभाका सदस्य गोविन्द चेपाङले बताए । वाग्मती प्रदेशको मकवानपुर,चितवन र धादिङमा चेपाङ जातीको बसोबास रहेको छ । गण्डकी प्रदेशको गोरखामा चेपाङ समुदायको बसोबास छ । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा पनि चेपाङ बस्ती छन् । ती दुई पालिकामध्ये राक्सिराङ गाउँपालिकाले छोनाम पर्वका दिन स्थानीय बिदा दिएको छ ।

नेपाल चेपाङ संघले यो वर्ष छोनाम पर्व राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा सामूहिक रुपमा मनाउन लागेको छ ।

२०६८ को जनगणनाअनुसार मुलुकभर चेपाङको संख्या ६८ हजार ३ सय ९९ छ ।

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *