Monday , September 27 2021
Breaking News
Home / समाचार / काठमाडौं उपत्यकामा फेरी लागु हुने भयो यस्तो नयाँ नियम,

काठमाडौं उपत्यकामा फेरी लागु हुने भयो यस्तो नयाँ नियम,

काठमाडौं जिल्ला प्रशासन कार्यालयले फिल्म हल व्यवसायीहरूलाई ५० प्रतिशतमात्रै दर्शक राखेर हल सञ्चालन गर्न निर्देशन दिएको छ।शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले हल व्यवसायीहरूलाई उक्त निर्देशन दिएका हुन्।

प्रजिअ पराजुलीले चलचित्र विकास बोर्ड तथा फिल्म व्यवसायीहरूसँगको बैठकमा निर्देशन दिएको सूचना अधिकारी तथा सहायक प्रजिअ कल्पना घिमिरे नेपालले जानकारी दिइन्’लोकदोहोरी साँझ, क्लब लगायत रात्रिकालीन व्यवसायीहरू र फिल्म हल व्यवसायीहरूसँग बैठक भएको थियो। कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भयो,’ उनले भनिन्।

दिउँसो मात्रै सञ्चालन हुने भएकाले फिल्म हल व्यवसायीहरूलाई समय सीमा तोकिएको छैन। साथै, स्वास्थ्यको मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने उनले बताइन्।

काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि लागू हुनेगरी निषेधाज्ञा हटाएको थियो। विद्यालयबाहेक अरू सबैलाई खुल्न अनुमति दिए पनि फिल्म हल तथा रात्रिकालीन व्यवसायीहरू खुलिसकेका थिएनन्।

रात्रिकालीन व्यवसायीहरूलाई पनि समय सीमा तोकेको सूचना अधिकारी नेपालले बताइन्।लोकदोहोरी साँझहरू राति १२ बजेभित्रमा बन्द गरिसक्नुपर्ने छन्। त्यस्तै क्लबहरू राति २ बजेसम्ममा बन्द गर्नुपर्ने निर्देशन काठमाडौं प्रशासनले दिएको छ।

यी सबै काममा स्वास्थ्य मापदण्डको पालना भए/नभएकोबारे अनुगमन समेत गरिने सूचना अधिकारी नेपालले बताइन्।सबै स्वास्थ्यका प्रोटोकल पालना गर्नुपर्ने भनिएको छ। नगरे कारबाही गर्ने भन्नेछ,’उनले भनिन्,’अनुगमन समिति समेत बनाइएको छ।’

About admin

Check Also

कर्णालीका मन्त्री कुर्मराज शाहीको फेरी अर्को काण्ड

काठमाडौ । कर्णालीका कृषिमन्त्री कुर्मराज शाही केही समय यता निकै चर्चित छन् । उनको युवतीसंगको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *