Sunday , September 26 2021
Breaking News
Home / जीवनशैली / सिद्धार्थको मृत्युको खबर थाहापाएपछी उनकी प्रेमिका शहनाजको स्वास्थ्य अवस्था बिग्रियो

सिद्धार्थको मृत्युको खबर थाहापाएपछी उनकी प्रेमिका शहनाजको स्वास्थ्य अवस्था बिग्रियो

बलिउड कलाकार तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको बिहीबार भएको अ सा मयिक निधनले उनका धेरै फ्यानहरुलाई दुखि बनाएको छ। उनको निधनले परिवार, आफन्त, साथीभाई तथा फ्यानहरुलाई स्त ब्ध पा रि दिएकोछ ।

उनका फ्यानहरु भारत मा मात्र नभई नेपालमा पनि धेरै छन । उनको केहि फ्यानले उनको निधनपछि टिकटकमा रोएको भिडियो हालेर धेरै भाईरल बनेका छन । त्यस्तै उनकी प्रेमिका शहनाज गिलको अवस्था पनि विग्रिएको भारतीय मिडियाले जनाएको छ । शहनाजले आफ्नो छायांकनको सम्पूर्ण सेड्यूल स्थगित गरेकी छिन् । उनले, आफ्ना पितासँग आफ्नो अवस्था ठिक नभएको जानकारी दिएकी थिइन् । सिद्धार्थ र शहनाजको जोडी दर्शकमाझ ‘सिडनाज’ उपनामले परिचित थियो ।

‘बीग बोस १३’बाट उनीहरुको के मेष्ट्री बलियो बनेको थियो । यो शोबाट बाहिरिएपछि सिद्धार्थ र शहनाजले एक अर्कालाई डेट गरिरहेको भारतीय मिडियाले जनाएको छ । एक अनलाइन न्यूज पोर्टलसँग कुरा गर्दै शहनाजका पिता सन्तोष सिंहले शहनाजको अवस्था ठिक नभएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–‘म अहिले नै कुनै कुरा गर्ने अवस्थामा छैन । जे भयो यसमा हामीलाई कुनै पनि विश्वास छैन । मैले शहनाजसँग कुरा गरेको थिएँ । उनी ठिक छैनन् । मेरो छोरा शहबाज शहनाजसँगै रहन मुम्बई प्रस्थान गरिसकेका छन् ।’

‘बीग बोस १३’ पछि शहनाज गिलले सिद्धार्थप्रति थुप्रै पटक विभिन्न टेलिभिजन कार्यक्रममा आफ्नो प्रेम व्यक्त गरेकी थिइन् । सिद्धार्थ र शहनाजको सामाजिक संजालमा लोभलाग्दो फ्यान फलोअर्स समेत छन् । सिद्धार्थका नजिकका साथी अबू मलिकले शहनाजको स्वास्थ्य अवस्थालाई लिएर आफू चिन्तित भएको भारतीय मिडियासँग प्रतिक्रिया दिएका छन् । सिद्धार्थ र शहनाजले एक अर्कालाई निक्कै माया गर्ने गरेको अबूले बताएका छन् । शहनाजले सिद्धार्थसँग चाडै नै बिहे समेत गर्न चाहेको अबूले बताएका छन् ।

About admin

Check Also

पुरुषलाई छिटै आकर्षित गर्न सक्छन् यी ४ राशि भएका महिला

हरेक व्यक्तिको इच्छा हुन्छ कि आफ्नो गुणबाट अरु मानिस आफूप्रति आर्कषित हुन्। ज्योतिषशास्त्र अनुसार केही …

Leave a Reply

Your email address will not be published. Required fields are marked *