Friday , September 24 2021
Breaking News
Home / समाचार / काठमाडौंमा अकल्पनीय घट्ना घटेपछि आज काठमाडौंमा बिदा दिने निर्णय

काठमाडौंमा अकल्पनीय घट्ना घटेपछि आज काठमाडौंमा बिदा दिने निर्णय

काठमाडौँ महानगरपालिकाले वडा नं १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधनमा आज एक दिन शोक बिदा दिएको छ । पैसठ्ठी वर्षीय श्रेष्ठको उपचारका क्रममा बिहीबार नर्भिक अस्पतालमा म’स्तिष्कघा’तका कारण निधन भएको हो ।
उहाँको निधन अकल्पनीय भएको जनाउँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले मृतात्माको चीर शान्ति र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

यसैगरी उपप्रमुख हरिप्रभा खड्गीले महानगरले ठूलो क्ष’ति व्यहोर्नुपरेको जनाउँदै मृतात्माको चीर शान्तिको कामना गर्नुभएको छ । उहाँको शव आज बिहान ८ः०० बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जिलका लागि वडामा लगिनेछ । बिहान ९ः०० देखि अपराह्न ३ः०० बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने वडा सदस्य चन्द्रमान डङ्गोलले जानकारी दिनुभयो

यो पनि पढ्नुहोस

नेपाली सेनामा ४ हजार संख्या सैन्य पदका लागि भर्ना खुल्यो, कसरी दिने निवेदन ?

काठमाडौ । नेपाली सेनाले ठूलो संख्यामा भर्ना खुलाएको छ । करिब ४ हजार रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो ।बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ । दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *