Sunday , September 26 2021
Breaking News
Home / समाचार / काठमाडौंमा आज शुक्रवार विदा

काठमाडौंमा आज शुक्रवार विदा

काठमाडौँ । शुक्रबार काठमाडौंमा शोक विदा दिइएको छ । काठमाडौं महानगरपालिका–१९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएपछि विदा दिइएको हो । क्यान्सरबाट पीडित ६५ वर्षीया श्रेष्ठको उपचारका क्रममा बिहीबार साँझ नर्भिक अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उहाँलाई नर्भिक अस्पताल लगिएको थियो । उहाँले लामो समयदेखि क्यान्सरको उपचार गराउँदै आउनु भएको थियो । वि.सं. २०१३ साल पुस १४ गते जन्मिनु भएका श्रेष्ठलाई गएको डेढ महिनाअघि खाना नलीमा क्यान्सर देखिएको थियो । यसको उपचारका क्रममा उनलाई दोस्रो चरणको किमो दिइसकिएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार वडाध्यक्ष श्रेष्ठको निधनमा महानगरले भोलि १ दिन शोक विदा दिने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार वडाध्यक्ष श्रेष्ठको निधनमा महानगरले भोलि शुक्रबार एक१ दिन शोक विदा दिने भएको छ । उनको शव भोलि विहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा लगिनेछ ।

वडाध्यक्ष पञ्चायतकालमा समेत वडा सदस्यमा निर्वाचित हुनु भएको थियो । वडाध्यक्ष श्रेष्ठ वडा नम्बर १९ का स्थानीयमाझ निकै लोकप्रिय हुनुहुन्थ्यो । स्वर्गिय वडाध्यक्ष श्रेष्ठको श्रीमती सानुमाया, एक छोरा, तीन छोरी र दुई जना भाईहरु छन् ।

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *