Sunday , September 26 2021
Breaking News
Home / समाचार / चार महिनापछि बल्ल खुले विद्यालय, प्रवेश गर्नुअघि ज्वरो मापन, मास्क अनिवार्य

चार महिनापछि बल्ल खुले विद्यालय, प्रवेश गर्नुअघि ज्वरो मापन, मास्क अनिवार्य

चार महिनापछि अर्थात गत वैशाबाट बन्द विद्यालय खुल्न थालेका छन्। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले स्वीकृति नदिएपनि स्थानीय तहको निर्णय अनुसार तनहुँका विद्यालयमा चार महिनापछि बल्ल पढाइ सुरु भएको हो।
तनहुँका १० मध्ये ब्यास, भानु र शुक्लागण्डकी नगरपालिका तथा ऋषिङ र घिरिङ गाउँपालिकाका विद्यालयले भौतिक रूपमै कक्षामा विद्यार्थी राखेर पठनपाठन थालेका हुन्। यहाँ आइतबारबाट विद्यालय खुले पनि धेरैजसोमा मंगलबारदेखि कक्षा सञ्चालन भएका हुन्।

स्वास्थ्यको मापदण्ड पालना गरी कक्षा चलाएको शुक्लागण्डकी नगरपालिका(९ घारीस्थित तालबेसी माध्यमिक विद्यालयका प्रधानध्यापक धुर्व वाग्लेले जानकारी दिए। ‘विद्यार्थी विद्यालय प्रवेश गर्नु अघि ज्वरो नाप्छौँ। मास्क अनिवार्य गरिएको छ। सेनिटाइजर लगाएपछि मात्र कक्षा कोठामा प्रवेश गर्न दिएका छ,’ उनले भने।

एउटा बेन्चमा दुई विद्यार्थी राख्ने गरिएको छ। कक्षामा २५ भन्दा बढी विद्यार्थी राखिएको छैन। १ देखि पाँच कक्षासम्मका विद्यार्थीलाई बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र ६ देखि १० कक्षाका विद्यार्थीलाई दिउँसो १ देखि ४ बजेसम्म आलोपालो गरेर विद्यालय चलाएको उनले बताए

शुक्लागण्डकी नगरपालिकामा विद्यालय खुले पनि पृथ्वी राजमार्गसँग जोडिएका बजार क्षेत्रका झण्डै आधा दर्जन विद्यालय बन्द छन्। कोरोनाको जोखिम कायम रहेकाले बजार क्षेत्रका विद्यालय बन्द रहेको शिक्षा शाखा प्रमुख नवराज चापागाईँले बताए। विद्यालय नखुलेका स्थानीय तहमा पनि अनुमति मागिएको छ।

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *