Monday , September 27 2021
Breaking News
Home / स्वास्थ्य / मृगौला जोगाउन चाहनु हुन्छ ? आफ्नो खानामा समावेश गर्नुहोस् यी ७ खाना !

मृगौला जोगाउन चाहनु हुन्छ ? आफ्नो खानामा समावेश गर्नुहोस् यी ७ खाना !

काठमाडौँ । शरीरलाई स्वस्थ तथा सक्रिय बनाउन मृगौलाले रगत फिल्टर गरी सफा बनाउँछ। जसका कारण शरीर स्वस्थ हुने गर्दछ । तर मानिस त्यहि मृगौलालाई नै स्वस्थ्य हुन दिदैनन्।

खराब जीवनशैली र गलत खानपानका कारण धेरै मानिसमा मृगौलासम्बन्धी समस्या हुने गरेको छ। तर मानिसले केहि आचरण सुधार गरेमा मात्र पनि मृगौला स्वस्थ बनाउन सकिन्छ।

मृगौला कसरी स्वस्थ राख्ने त ?

१. रातो खुर्सानी
रातो खुर्सानीमा पोटासियम, फस्फोरस, भिटामिन सी, फाइबर, फोलिक एसिड र भिटामिन बी ट उच्च मात्रामा हुन्छ । यसले मृगौलालालाई फाइदा गर्छ ।

२ बन्दा गोभी
बन्दा गोभीमा उच्च मात्रामा सोडियम, पोटासियम, फस्पोरसको मात्रा हुन्छ । मृगौलाका लागि यी तत्वको निक्कै जरुरत हुन्छ । यसको सकारात्मक पक्ष भनेको बन्दा गोभीमा फाइवर र भिटामिन सी समेत उच्च मात्रामा हुन्छ ।

यो पनि पढ्नुहोस

३ फूल गोभी
फूल गोभीमा पनि सोडियम, पोटासियम, फस्पोरसको मात्रा प्रयाप्त हुन्छ । त्यसैगरी यसमा भिटामिन सी, फाइवर पनि हुन्छ यसले मृगौलामा हुने समस्याबाट बचाउँछ ।

४ लसुन
एक केस्रा लसुनमा १ मिलिग्राम सोडियम, १२ मिलीग्राम पोटासियम र ४ मिलीग्राम फोस्फोरस हुन्छ । यसले मृगौलालाई मात्र फाइदा गर्दैन कोलेस्ट्रोल समेत नियन्त्रण गर्छ । त्यस्तै लसुन क्यान्सरबाट बँच्नका लागि पनि फाइदाजनक हुन्छ ।

५ स्याउ
सामान्य आकारको स्याउमा पनि १५८ मिलिग्राम पोटासियम, १० मिलिग्राम फस्पोरस हुन्छ । मृगौलालाई त यसले फाइदा गर्छ नै अन्य विभिन्न रोगबाट समेत स्याउ सेवन फाइदाजनक मानिन्छ ।

६ स्ट्रबेरी
आधा कप स्ट्रबेरीमा १ मिलिग्राम सोडियम, १२० मिलिग्राम पोटासियम र १३ मिलिग्राम फस्पोरस हुन्छ । यसमा उच्च मात्रामा एन्टीअक्सीडेन्ट पनि हुन्छ जसले मृगौलालाई कुनै समस्या हुनबाट बचाउँछ ।

७ अण्डाको सेतो भाग
अण्डाको सेतो भाग पनि मृगौलाका लागि निक्कै फाइदाजनक मानिन्छ । अण्डाको सेतो भागमा २ ग्राम प्रोटिन, ११० मिलिग्राम पोटासियम र १० मिलिग्राम फस्पोरस हुन्छ । यसमा रहेको एमिनो एसिड मृगौलाको लागि राम्रो हुन्छ भने सामान्य स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।

यसबाट किड्नी को संक्रमण तथा फेल हुने जोखिम कम हुँदै जान्छ । किड्नी पत्थरीको लक्षण भनेको पिशाब रोकिनु, असह्य दुखाइ, पिशा’बमा रगत आउनु, पिशाब पोल्नु, संक्रमण हुनु तथा दुखाइको क्रममा उल्टी समेत हुनु हो ।

About admin

Check Also

खाना खाने बित्तिकै नगर्नुहोस् यी ५ काम, नत्र निम्त्याउँछ ग्यास्ट्रिकको समस्या

काठमाडौँ । खाना मानिसका लागि आधारभूत आवश्यकता नै हो । स्वस्थ शरीरका लागि सन्तुलित खानाको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *