Monday , September 27 2021
Breaking News
Home / राशिफल / पाथी भरा माताले सबैको रक्षा गरून्, भदौ १७ गते बिहिवार तपाईको राशिफल येस्तो छ।

पाथी भरा माताले सबैको रक्षा गरून्, भदौ १७ गते बिहिवार तपाईको राशिफल येस्तो छ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
साथीभाइले काममा सहयोग जुटाउन सक्छन । बिस्तारै कामका बाधाहरू हट्नेछन् ।

नसोचेको ठाँउबाट धन प्राप्त होला । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्यमा कमजोरी एवम् काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुनेछ ।

मुख्य काममा बाधा हुने देखिन्छ । सा’नातिना घरेलु काममै अल्झनु पर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारो स्वास्थ्य कमजोर रहला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ ।

अर्थ अभावले काम रोकिने छ । समस्या प्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आज तपाइलाई सहयोगीहरूले राम्रो साथ दि’नेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन् । दिगो आम्दानी हुने काम सुरु हुनेछ ।

प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । आय’आर्जनका स्रोत बढ्नेछन् ।आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाँउबाट धन आर्जन हुने देखिन्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाइनुका सा’थै आम्दानी पनि बढ्नेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ ।

सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ ।

सवारीमा सावधानी अपना’उनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पुरानो रोगले पनि सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्,

सावधान रहनु होला । व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आएपनि नयाँ काम’मा हातहाल्नु अघि विचार पुर्याउनु होला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् ।

रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुन सक्छ । आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । लगनशीलताले गुमेको प्र-तिष्ठा दिलाउन सक्छ ।

पढाइमा समय दिन नसकिएला । सहयोगीहरूको भरपर्दा काम नबन्न सक्छ । कृषि चौपायामा सxमस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।

स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आज छरछिमेकमा झैझ’गडा हुन सक्छ, सा’वधान रहनु होला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ ।

व्यापार ब्याबसायमा बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आ-वश्यकता पूरा हुनेछन् । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिनाले दुःख पाइनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । मेहनतले अध्ययनमा प्रगति हुनेछ । सामान्यतया दिन राम्रै रहेको छ ।

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पा’इनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

About admin

Check Also

भोलि असोज ७ गते बिहिबार, कुन राशिलाई कति शुभ ?

मेषः उद्योग तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेदकुद तथा पराक्रमी क्रिर्याकलापमा भाग …

Leave a Reply

Your email address will not be published. Required fields are marked *