Monday , September 27 2021
Breaking News
Home / समाचार / सुरु हुँदै बिध्यालय भौतिक उपस्थितिमा पठनपाठन संचालन

सुरु हुँदै बिध्यालय भौतिक उपस्थितिमा पठनपाठन संचालन

सुरु हुँदै बिध्यालय भौतिक उपस्थितिमा पठनपाठन संचालन काठमाडौं : नेपालका शैक्षिक संस्थाहरूमा कोभिड–१९ कारण दुई वर्ष बढी समयदेखि भर्चुअल रूपमा पठनपाठन हुँदै आएकोमा पछिल्लो समय कतिपय ठाउँमा भौतिक उपस्थितिमा पठन पाठन सुरु हुन थालेका छन् ।

कोभिड–१९ संक्रिय सक्रमितको अवस्थालाई ध्यानमा राखेर कोभिड संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८ अनुसार सम्बन्धित प्रशासन तथा स्थानीय निकायको अनुमतिमा उपत्यकाका केही शैक्षिक संस्था र उपत्यकाबाहिरका कतिपय शैक्षिक संस्थामा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको हो ।

सरकारले कोभिड–१९ को संक्रमण बढेपछि २०७६ देखि ६ महिना लामो लकडाउन तथा निषेधाज्ञा जारी गरेको थियो । सरकारले पुनः संक्रमित बढेपछि २०७७ देखि निषेधाज्ञा जारी गर्दै आएको छ । सो समयमा नेपालको सबै विश्वविद्यालय तथा विद्यालयको पठनपाठन भर्चुअल रूपमा मात्र सीमित बनेको छ ।

पछिल्लो समय निषेधाज्ञालाई खुकुलो बनाउँदै स्मार्ट लकडाउनमा सीमित बनाई कार्यविधि नै जारी गरेपछि भने कतिपय विद्यालयहरूमा भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हो ।

सीसीएमसीले लकडाउन तथा निषेधाज्ञाका कारण सामाजिक–आर्थिक गतिशिलता अवरुद्ध हुन गई नागरिकको जीविकोपार्जनमा नै कठिनाइ उत्पन्न भएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको थियो । सीसीएमसीले पछिल्लोपटक कोभिड–१९ सम्बन्धी अधिकांश निर्णयको अधिकार डीसीएमसी तथा स्थानीय तहलाई दिएको छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *