Sunday , September 26 2021
Breaking News
Home / समाचार / २० ब्वायफ्रेण्डका आइफोन बेचेर युवतीले किनिन् घर !

२० ब्वायफ्रेण्डका आइफोन बेचेर युवतीले किनिन् घर !

गर्नका लागि कोही मानिसहरु’ले निकै स्मार्ट तथा इमान्दार बाटो अपनाउँद’छन् तर केही मानिसहरु जुनसुकै हदसम्म गिर्न तयार हुन्छन् ।

चीनमा हालै यस्तै घटना सार्वजनिक भएको छ । जसमा एक युवतीले घर किन्नका लागि एक दुई होइन २० जना ब्वायफ्रेण्ड बनाइन् । एक पछि अर्को गर्दै नयाँ नयाँ केटाहरुसँग प्रेमको नाटक रची सबैसँग आइफोन सेभेन फुत्काउन सफल भइन् । आफ्ना सबै २० ब्वायफ्रेण्ड’सँग’बाट गरी २० वटा आइफोन हात पार्न सफल भएकी ती युवती अन्ततः एक’साथ सबै केटाहरुलाई जिल्ल पार्दै छाडिन् ।

ती युवतीको नाम शायली भएको बताइए’को छ । उनले २० वटा आइफोन सेभेन जम्मा पारेसँगै एक मोबाइल फोन बिक्रेता कम्पनीमा लगेर बेचिन् । कम्पनीले उनलाई ती आइफोनको झण्डै १८ हजार डलर बराबरको रकम दियो ।

त्यो रकम घर किन्नका लागि पर्याप्त थियो । शायली’ले सोही पैसाले आफ्ना लागि घर खरीद गरिन् । आफ्ना बुवाआमा निकै बुढा भएका र आफुलाई जसरी पनि बस्ने घर किन्ने दबाब परेकोले आफुले त्यस्तो बाटो अपनाएको उनले बताएकी छिन् ।

यो पनि पढ्नुहोस

अधिकांश अभिभावकको साझा समस्या आफ्ना बालबच्चाहरुको मोवाइल चलाउने लत कसरी छुटाउने भन्ने हुन्छ ।किनकी अधिकांश बच्चाहरु अत्याधिक मात्रामा मोवाइल चलाउने मात्र होइन, खाना खादा, होमवर्क गर्दा वा निदाउन पनि मोवाइलको माग गर्दछन् ।

अझ कतिपय अभिमावक त आफै बच्चालाई मोबाइल दिएर भुलाउएर काम गर्ने गर्दछन् । तर चिकित्सकहरु भने दैनिक ५ घण्टाभन्दा बढी समय मोवाइलमा बिताउने बच्चाहरुमा रोगको खतरा हुने चेतावनी दिन्छन् । अझ ९ देखि १० वर्षका बच्चाले अत्याधिक मात्रामा मोवाइल चलाएमा यसले मस्तिष्कको बाहिरी पत्रमा समस्या देखा पार्ने बताउँछन् ।

चिकित्सकका अनुसार मोवाइलको स्क्रिनमा धेरै समय बिताउने बच्चाको आँखा, मष्तिक तथा मुटुमा समेत असर पर्ने गर्दछ । पहिलो ६ वर्षका बच्चामा मस्तिष्क तीब्र रुपमा विकसित हुने भएकाले एक पटकमा १० मिनेटभन्दा बढी स्क्रिन हेर्नु वा चलाउनु घातक हुने बताउँछन् ।

यसले मष्तिक निष्क्रिय बनाउने गर्दछ । स्क्रिनमा अत्यधिक समय बिताउने बालबालिकामा मायोपिया वा नजिकको वस्तु नदेख्ने समस्या देखा पर्ने हुन्छ । साथै मस्तिष्कको ग्रे–म्याटरको घनत्वलाई कम गर्दछ ।

मोवाइलबाट छुटकारा दिलाउन के गर्ने ?

बालबालिकामा रहेको मोवाइलको कुलत हटाउन उनिहरुलाई मोवाइल दिएर भुलाउनुको सट्टा आफुले समय दिनुपर्ने हुन्छ । यसका लागि बालबालिकासँग रमाउने, उनीहरुलाई समय दिने, उनीहरुको कुरालाई प्राथमिकता दिएर सुन्ने तथा कुराकानी गर्ने गर्नुपर्दछ ।

केहि अभिभावकहरु व्यस्त भएको भन्दै समय नदिने साथै आफ्नो काममा मात्र ध्यान दिने गर्दछन् । तर यसको सट्टा उनीहरुसँग खेलेर समय बिताएमा बच्चामा रहेको मोबाइलको कुलत हटेर जान्छ ।

साथै घरमा रहेका टिभि, कम्प्युटर, ल्यापटप, मोवाइल, भिडियो गेम लगायतका विद्युतीय उपकरणलाई बच्चाको पहुँचभन्दा टाढा राख्नुहोस् ।

यदि उमेर अनुसार चलाउन दिनु परेमा पनि निश्चित समत तोकेर मात्र दिनुहोस् । उनीहरुलाई रोचक कथा, प्रसंग तथा नविनतम जानकारी दिनुहोस् । यसो गर्नाले उनीहरुमा रहेको मोवाइलको लत हटेर जानेछ ।

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *