Saturday , September 25 2021
Breaking News
Home / समाचार / झुपडीमा हुर्की हाइस्कुल पढी एमबीबीएसमा १ नम्बरमा नाम निकाल्ने यी हुन् १७ वर्षीया प्रतिमा पुरा पढ्नुहोस

झुपडीमा हुर्की हाइस्कुल पढी एमबीबीएसमा १ नम्बरमा नाम निकाल्ने यी हुन् १७ वर्षीया प्रतिमा पुरा पढ्नुहोस

काठमाडौं- बांकेको खजुरा गाउँपालिका ४ डि गाउँ की १७ वर्षीया प्रतिमा शर्माले गाउँको नै इज्जत राखेको भन्दै पुरै गाउँले नै खुसी भएका छन् । यि १७ वर्षीया युवती पुरै गाउँकै छोरी भएकी छन् ।तपाईले देख्नुभयो यो प्रतिमा जन्मिएको झुपडी हो ।

उनी यस्तो झुपडीमा हुर्किइन् । तर उनी भित्र भने सपनाको विशाल महल थियो । आज त्यो पुरा हुने संघारमा छ । यस्तो झुपडीमा जन्मिएर सरकारी विद्यालयमा पढेर एसइइ पास गरेकी प्रतिमाले गाउँकै इज्जत माथि उठाएर एमविविएसमा १५ हजार विद्यार्थीलाई उछिनेर नाम निकालिन् ।

आमा सिताले मासिक ६ हजार रुपैया कमाई हुने मजदुरीको काम गरेर छोरीलाई डाक्टर बनाउने सपना देखिन् । बुवा यहि झुपडीको पिडिमा बसेर छोरीले डाक्टर बनेर यस्तै झुपडीमा बस्नेहरुको सेवा गरोस् भन्ने चाहना राखे । आज भने बुवा आमाले देखेको त्यो सपना पुरा गर्ने बाटो पहिल्याएकोमा प्रतिमाले निकै गर्व गरेकी छन् ।

प्रतिमाले एमविविएसमा नाम निकालेको थाहा पाउनासाथ सो वडाका अध्यक्ष तिलकविर सुनार सहितको टोलिले आफ्नो गाउँमा राम्रो चिकित्सक बनाउने अठोट सहित प्रतिमालाई सहयोग गर्ने प्रतिज्ञा गरे । अहिले उनी तिलक लगायत त्यस्तै सहयोगी हातहरुको भरोसामा एमविविएसको तयारी गरेकी छन् ।
सबैको आशिर्वाद र भरोसा लिएर काठमाडौं आएकी प्रतिमा अब डाक्टर बनेर सोही गाउँको सेवा गर्न चाहन्छिन् । आर्थिक विपन्नताका बावजुद पनि आमा बुवाले देखाएको साहस प्रति उनी नतमस्तक छन् । साथै आगामी दिनमा पनि त्यस्तै सहयोगको अपेक्षा गरेकी छन् ।

बाँकेको खजुरा ४ डि गाउँ की प्रतिमा शर्माले नेपाल सरकार को विपन्न आरक्षण कोटामा एमविविए पढ्न नाम निकाल्न सफल भए पछि उनको डाक्टर बन्ने सपना पुरा हुने भएको छ । तर त्यसको लागि भने ठूलो धनराशी चाहिने छ । त्यसैले उनले आगामी दिनमा पनि सबैसंग आर्थिक सहयोगको अपेक्षा गर्दै लाइट नेपाल मार्फत अपिल गरेकी छन् ।

About admin

Check Also

सामाजिक सञ्जालमा श्रीपेजसहितको घर्तीको तस्बिर र मिम भाइरल बन्दै , को हुन् ‘भाइरल राजा’ ? हेर्नुहोस

काठमाडौं : रुकुम पश्चिम घर भएका २५ वर्षीय खेमबहादुर घर्ती शुक्रबार रातारात चर्चामा आए । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *