Sunday , September 26 2021
Breaking News
Home / समाचार / राजधानी शहर काठमाडौंमा घोषित ४ स्मार्ट सिटी बन्ला चै कहिले ? जन्नुहोस

राजधानी शहर काठमाडौंमा घोषित ४ स्मार्ट सिटी बन्ला चै कहिले ? जन्नुहोस

राजधानी शहर काठमाडौंमा घोषित ४ स्मार्ट सिटी बन्ला चै कहिले ? जन्नुहोस, बाहिरी चक्रपथको कार्य सम्पादनको अवस्था यकिन भैनसकेको स्थितिमा सोही क्षेत्रको अधिकांश भूभाग समेटिने गरी बनाईएको ४ स्मार्ट सिटीको लक्ष्य अगाडि बढन सकेको छैन।

सोही लक्ष्य अनुसार काठमाडौं उत्तरपूर्वमा १ लाख रोपनी, काठमाडौं उतरी क्षेत्रमा १० हजार रोपनी तथा ललितपुर र भक्तपुरमा दश दश हजार रोपनी क्षेत्रमा आयोजना अघि बढाउन सुरुवात गरेतापनि यी आयोजनाका प्रतिवेदन स्विकृत भएको छैन। स्मार्ट सिटी निर्माणको पूर्व तयारीको लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले गत २०७६ र ७७ सम्म १५ करोड ६५ लाख ४० हजार खर्च गरेको थियो।

ललितपुर महानगरपालिकाले स्वीकृत नदिएको कारणले विस्तृत आयोजना प्रतिवेदन कार्यान्वयन हुने अवस्था छैन। घोषित कार्य पुनरावलोकन बिनानै अर्को कार्यक्रम अघि सारिएको तथा पछि घोषणा गरिएको कार्यक्रमको पनि ४ वर्षसम्म विस्तृत आयोजना प्रतिवेदन बनाउन सकिएको छैन। सरकारद्वारा स्मार्ट सिटीको अवधारणा अघि बढाईएपछि प्रस्तावित क्षेत्रको जग्गा बेचविखन गर्न नपाईने निर्णय गरिएको छ।

जग्गा रोक्का राखिएको ४ वर्षसम्म विस्तृत आयोजना प्रतिवेदननै स्वीकृत हुन नसकेको अवस्थामा सरोकारवाला नागरिकको जग्गामा संरचना निर्माण तथा कित्ताकाट लगायतको कार्य बन्द भैरहेको अवस्था छ। महालेखा परीक्षकको ५८ औं प्रतिवेदन २०७८ मा कार्य सम्पादन प्रक्रियालाई यथासमयमा अगाडि नबढाई नागरिकको जग्गा लामो समयसम्म रोक्का राखिएको औचित्यपूर्ण नदेखिएको कुरा उल्लेख छ।

आयोजना तत्काल कार्यान्वयनमा लैजाने व्यवस्था मिलाउनु पर्ने पनि प्रतिवेदनमा जनाईएको छ। नेपाल सरकारले काठमाडौं उपत्यकाको बस्तीलाई व्यवस्थापन गर्न स्मार्ट सिटीको अबधारणा गत २०७४ साल बैशाख २५ गते स्विकृत गरेको थियो।

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *