Sunday , September 19 2021
Breaking News
Home / मनोरंजन / श्रीमानलाई देखाउन अर्को बिहे गर्न चाहन्छु !

श्रीमानलाई देखाउन अर्को बिहे गर्न चाहन्छु !

म नेपालमा एक निजी विद्यालयमा पढाउने शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो । हामी दुई श्रीमान् श्रीमती, हाम्रा दुई छोराछोरी सानो सुखी प’रिवार । काठमाडौँमा एउटा पुस्तेनी घर थियो । हाम्रो भागमा तीन कोठा लाग्यो । हामीलाई बस्न तीन कोठा नै हामीलाई प्रर्याप्त थियो । घर भाडा तिर्नु नपर्नेभएकाले हामी दुई बूढाबूढीको कमाइले हामीलाई छेलोखेलो थियो ।

एक दिन श्रीमान्ले केके सुनेर आउनुभयो, अनायस नै राती इजरायलको कुरा निकाल्नुभयो । त्यो दिनदेखि त मेरा श्रीमान्ले सँधैँजसो केही न केही इजरायलका बारेमा नयाँ कुरा ल्याएर मलाई दिनहुँ जसो सुनाउने गर्न थाल्नुभयो । एक दिन मैले झ’ र्को मान्दै भने, हामीलाई के काम इजरायलको गफ । न जाने गाउँ’को बाटै नसोध्नू ।

किन र तिमी पनि जाऊ न इजरायल ! अब त केटाकेटी पनि ठूला हुँदै गए, भोलि उनीहरूको उच्च शि’क्षाका लागि पनि पैसा चाहिन्छ । हाम्रो कमाइ तन्किने होइन, बरु म यहाँ केटाकेटी स्याहारेर बस्छु, तिमी जाऊ इजरायल र हाम्रो पनि आर्थिक हैसियत अ’लि उकासौँ । किन नजाने गाउँको बाटै नसोध्नू भन्छ्यौ । हामीले कहिले आफ्नो घर बनाउने ।

सधैँ यही तीन कोठामा जिन्दगी बि’ताउने । भोलिका दिनमा छोराछोरीको बिहे पनि त गर्नुपर्छ । सोच न ! श्रीमानले दिनहुँ ममाथि इजरायल पठाउने दबाव बढाउन थाल्नुभयो । आखिरमा हार खाएर मैले हुन्छ भन्नुप¥यो । विद्यालयमा राजीनामा दिन लगाएर त्यसबाट आएको पैसा नै एजेन्सीलाई बुझाएर मेरा श्रीमान्ले मलाई इज’रायल जाने सबै व्यवस्था मिलाई दिनुभयो ।

सही र गलत बाटो छुट्याउन नसक्ने उमेरमा पुगेका छोराछोरी, जुन बेला अभिभावकको बढी आवश्यकता हुन्छ, त्यो बेलामा ती नाबालक छोराछोरी सासूससुराको जिम्मा लगाई म हिँडेँ इजरायल । इ’जरायल आएपछि पनि मेरो दिनहुँ फोनमार्फत कुरा हुन्थ्यो परिवारसित । कहिल्यै श्रीमान् र छोराछोरीबाट टाढा नभएकी म एक्का’सी सात समुन्द्र पारि पुगेकी थिएँ ।

मनलाई सम्झाउन सारै गाह्रो भ’इरहेको थियो । मलाई इजरायलमा एड्जस्ट हुन ज्यादै गाह्रो भयो । नेपा’लमा नोकर राखेर बसेकी म यहाँ एक बिरामीको दिसासमेत धोइदिनुपर्ने नोकर्नी भएकी थिएँ । नाम मात्र अङ्ग्रेजी केयर गिभर पाएर के भ’यो र । आखिर त्यहाँ म घरकी नोकर्नी नै थिएँ शुरुशुरुमा त कति रोएँ, कराएँ नेपाल सम्झेर तर के गर्नु सबै भताभुङ्ग बनाएर म त्यता पसेकी थिएँ ।

फर्केर फेरि के गर्ने । श्रीमान्मा मैले धेरै पै’सा कमाउने र त्यो पैसाले केके गर्ने भन्ने योजनाहरू म त्यहाँ पुगेको एक हप्ता पनि नबित्दै शुरु भैसकेको थियो । मेरो तलब आएकै दिनदेखि म सबै पैसा श्रीमान्लाई पठाइदिन्थेँ । मलाई खान बस्न पैसा खर्च नहुने एक दिन पाउने बिदामा पनि काम गरिदिए अतिरिक्त आम्दानी हुने हुना’ले मलाई फोन गर्न अथवा सानो तिनो खर्च गर्न त्यही पैसाले पुगिहाल्थ्यो ।

महिना शुरु हुन पाउँदैन थियो कि श्री’मान्को लिस्ट आइहाल्दथ्यो । म कहिलेकाहीँ भन्ने गर्दथेँ जुन उद्देश्य लिएर म त्यहाँ पुगेकी, त्यो त पूरा गरौँ । यसरी फाल्तु खर्च किन गर्ने । तिमी तीनचार वर्ष बसिहाल्छ्यौ, हाम्रा योजनाहरू पूरा गर्न पैसा त भइहाल्छ नि, …।।मैले अब पैसा पठाउँदा श्रीमानलाई भन्न थालिसकेकी थिएँ पै’सा बचत गर्नु ल भनेर ।

एक दिन श्रीमान्ले फोनमार्फत् मलाई भन्नुभयो, साथीहरूले मिलेर एउटा १० + २ सम्म पढाई हुने स्कूल चलाउने रे । हामीलाई पनि पैसा हाल्न भनेका छन्, तिमी त्यहाँबाट ऋण गरेर भए पनि मलाई १० लाख पठाइ देऊ न । स्कूलमा ल’गानी गरेपछि त आ’म्दानीको राम्रो स्रोत भइहाल्दछ नि, अनि त दुःखका दिन सकिन्छन् कि ।

मलाई पनि कुरा राम्रै लाग्यो, सा’थीहरूसित सापट लिएर श्रीमान्लाई आठ लाख पठाइदिएँ । म उता ओभरटाइम गरीगरी साथीहरूको पैसा तिर्दै थिएँ । यता श्रीमान्को भनाइअनुसार स्कूल राम्रैसित चलिरहेको थियो । मलाई साथीहरूको कर्जा तिर्न दस महिना लाग्यो । ११ महिनाको तलव थापेको पनि थिइनँ, श्रीमान्को फो’न आयो ।

स्कूलको क्यन्टिनमा आफँ लगानी ग¥यो भने त अझ बढी आम्दानी हुन्छ, फेरि यताउता गरेर एकमुुष्ट पैसा पठाइ देऊ न । सबैभन्दा नजिकको स’म्बन्ध भएको श्रीमान्माथि मैले कसरी शङ्का गर्ने ? मैले होला भनेर फेरि ऋण गरेर छ लाख पठाइदिएँ । फो’नबाट कुरा गर्दा छोराछोरी सासूससुरा सब खुसी नै भएको मैले महसुस गरेकी थिएँ ।

स्कूल खोलेर राम्रो भएको सबैबाट सुन्दै आएकीले म पनि खुसी नै थिएँ । जे होस् अब त नेपाल फर्किएप’छि त आफ्नै स्कूल । त्यो दिन फागुपूर्णिमा थियो, छोराले फो’नमा र रुँदै भन्यो मामू बुबाले बर्बाद गर्नुभो । के भयो किन रोएको के गर्नु भो बुबाले- मैले आतालिँदै सोधेँ । फोनमा छोरीको पनि आवाज आयो ।

ममू बुबाले त अर्को बि’हे गर्नुभएको रहेछ । आज रक्सी खाएर एउटा सानो बच्चालाई लिएर आउनुभएको थि’यो । हजुरबुबा हजुरआमालाई हजुरहरूको नाति भनेर भन्नुभयो । हामीलाई ति’मीहरूको भाइ हो भन्नुभयो । हजुरआमाले रिसाउँदै हकारेपछि बुबाले भन्नुभयो बिहे गरेको नै २ वर्ष भैसक्यो । मामूले थाहा नपाउनुहोस् भनेर नै बुबाले इजरायल पठाउनुभएको रे ।

म छाँगाबाट खसेँ । विगतका सबै दि’नहरू आँखाअगाडि नाच्न थाले । ओहो, आज आएर सम्झँदै छु, त्यो सम’यमा तिमीमा एकाएक आएको परिवर्तन नियाल्दै छु । कसरी मलाई इज’रायल पठायौ ? कसरी सबै पैसा लियौ ।मैले सासूसित कुरा गरेँ सासूले पनि हो भन्नुभयो । त्यस पछि त झनै चिन्तित भएँ, छोराछोरी क’ति रोए होलान् । श्रीमान्लाई फोन गर्छु, फोन स्वीचअफ छ ।

बल्ल चार दिनपछि राती श्री’मान्को फोन उ’ठ्यो तर महिलाले फोन उठाइन् । मैले तपाईंं को भनेर सोधेँ । उनले भनिन् म दिनेशको श्रीमती । मैले दिनेशको श्रीमती त म पो हुँ तिमी को हौ दिनेश खोइ ? भन्नासाथ फोन काटिदिइन् । घरमा छोराछोरी मात्र थिए । सासूससुरासित पहिल्यै छुट्टिइसकेकाले केटाकेटी आफैँ प’काउँदै खाँदै गर्दा रहेछन् ।

इजरायलबाट तुरुन्त आ’उन सक्ने अव’स्थामा पनि थिइनँ । मेरो टाउकामा कर्जा थियो । नेपाल आएर के गर्ने ? मैले माइतीमा फोनगरेर भाइसित रोएँ । भाइलाई स्कूलमा लगानी के कति छ बुझ भनेपछि उसले के कसरी बुझ्यो मैले पठाएको पैसा त स्कूलमै ल’गानी त भएको रहेछ तर शेयर होल्डर त कान्छी श्रीमती पो भएकी रहिछ ।

क्यान्टिन पनि उसैले पो चलाएकी रहिछे । उसले एउटा डान्स रेष्टुरेन्टमा नाच्ने केटी पो ल्याएको रहेछ । मेरो पैसा’ले कान्छीको नाममा शेयर किनिदिएछ । अनपढलाई फेरि नाच्न त पठाउनु भएन भनेर होला क्यान्टिन खोलिदिएको । जे होस् म र मेरो छो’राछोरी त बर्बाद भएका थियौँ । छोराछोरीलाई सम्झाएँ ।

पढाइमा मन लगाऊ भनेर तर उनीहरूको प’ढाइ के भयो होला ? मैले जतिसक्दो चाँडो कर्जा तिरेर नेपाल फर्किने विचार भाइलाई भनेँ । भाइले भन्यो दिदी हामी भान्जाभान्जीलाई हामीकहाँ ल्याएर राख्छौँ, तिमी भोलिको दिनलाई पनि केही व्यव’स्था गरेर मात्र फर्क । दिन बित्दै गए । कर्जा पनि तिरियो, म घर फर्कन्छु भन्दै थिएँ

कि छोराले फोनमा भन्यो तिमीहरू मा’माघर गएर बस, म र सानीआमा यहाँ बस्छौ भनेर बुबालेभन्नुभयो, हामीले मानेनौँ। अब त्यो घर पनि गयो भने त बस्ने बास पनि हुँदैन भनेर मैले छो’राछोरीलाई मामाघर पनि नजाओ, कोठा नछोड भनेँ । यसैबीचमा छोरीले एस। एल। सी। पास गरिन् । मलाई ज्यादा पीर छोराको थियो, कुल’तमा लाग्ने पो हो कि भन्ने ।

मेरो त सब बर्बाद भैसकेको थियो । मलाई आफूलाई सम्हाल्न गाह्रो भैरहेको थियो । विवाह गरेको दिनदेखि ‘अहिलसम्म मेरा श्रीमान्ले मलाई गरेको माया, मसित सरसल्लाह, भावी यो’जना सबै मेरा सामु सिनेमाझैँ नाचिरहेका थिए । म इजरायल आएको चार वर्ष भयो, छोराछोरी दुवै कलेजमा पढ्दैछन् । घरमा बाबु र सानी’आमालाई आउन दिएनन् ।

छोरीको फोन आयो, उनले भनिन् मामू आएर मेरो विवाह गरिदिनू न । आपूसँगै पढ्ने पोखरा घर भएको केटासित उनी विवाह गर्ने रे । म दशैँमा घर आएर न’वमीको दिन छोरीको विवाह गरिदिएँ । बाबु आए, कान्छी श्रीमतीलाई त ल्याएका थिएनन् तर छोरो सा’थै थियो । हाम्रो बोलचाल पनि भएन । छोरी घर गई, छोरो पनि इन्डिया पढ्न जान्छु भन्दैछ।

भोलि उसको पनि विवाह होला । त्यसपछि मेरो साथमा को त । छोराछोरी, श्रीमान् सब पर । एक मन भन्छ स’मय अनुसार चल्नुपर्ने मान्छेको नियती हो । जब मान्छेलाई सत्यबोध हुन्छ, उसलाई कुनै कुराले दुखाउँदैन, मलाई पनि त्यस्तै भइरहेको छ । जिन्दगी एकपल्ट मिल्छ, एउटा असल व्यक्तिसित विवाह गरूँ कि ! जब श्री’मान्को जरुरत बढी पर्छ

त्यो बेला मलाई श्रीमान्ले धोका दिएको थियो भने मैले उसको नाम लिएर किन बस्ने । तर समस्या केटालाई केटी फकाउन सजिलो हुन्छ होला र त दोस्रो विवाह सजिलै गर्छन् तर म क’सलाई भनूँ, मसित विवाह गर्छौ भनेर । के भन्ने । एक जना सासूलाई नयाँ श्रीमान् चाहियो । मलाई धो’का दिने श्रीमान्लाई देखाउनलाई भए पनि म अर्को वि’वाह गर्न चाहन्छु ।

About admin

Check Also

सासू र बुहारीको भिडियोले विश्वभर तहल्का , के गरे त्यस्तो ?

काठमाडौं । सासू र बुहारीबीचको सम्बन्ध प्रायः राम्रो हुँदैछ । अपवादबाहेक अक्सर सासू–बुहारीबीच त’ना’ब भइरहेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *