Monday , September 27 2021
Breaking News
Home / मनोरंजन / ५६ वर्षीय अभिनेता प्रकाश राजले गरे फेरि विवाह५६ वर्षीय अभिनेता प्रकाश राजले गरे फेरि विवाह, पत्नीलाई किस गरेको तस्बिर भाइरल

५६ वर्षीय अभिनेता प्रकाश राजले गरे फेरि विवाह५६ वर्षीय अभिनेता प्रकाश राजले गरे फेरि विवाह, पत्नीलाई किस गरेको तस्बिर भाइरल

एजेन्सी । बलिउड कलाकारहरु ब्यक्तिगत जीवनका विषयले चर्र्चामा आउँछन् । अहिले ५६ वर्षीय अभिनेता प्रकाश राज पनि ब्यक्तिगत जिवनको घटनाले चर्चामा आएका छन् । उनले आफ्नै पत्नीसंग दोस्रो विवाह गरेका छन् । उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनि गर्दै छोराछोरीको आग्रहमा आफुले पत्नीसंग दोस्रो विवाह गरेको बताएका छन् ।

ले आफ्नी श्रीमती पोनी वर्मासँग दोस्रोपटक विवाह गरेको तस्बिर सार्वजनिक गरेका छन् । अगस्त २४ अर्थात मंगलबार प्रकाशराज र पोनीबीच विवाह भएको ११ बर्ष पूरा गरेको थियो । सो अवसरमा उनीहरुले छोराछोरीको अगाडी फेरि विवाह गरेका हुन् । उनीहरुको विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

प्रकाश राजले विवाहको बिषयमा ट्वीट गरेका छन् । ‘आज हाम्रो फेरि विवाह भयो, किनकि हाम्रा छोरा वेदान्त हाम्रो बिहे देख्न चाहन्थे ।’ प्रकाश राजले श्रीमतीलाई चु’म्ब’न ग’रिरहेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो । यसअघि प्रकाश राजले आफ्नो विवाहको एउटा तस्बिर पोस्ट गरी लेखेका थिए, ‘यो धेरै राम्रो थियो । मेरो प्यारी श्रीमती मेरो लागि यति राम्रो साथी भएकी छन् । एक प्रेमिका र एक अद्भूत सहयात्री भएकोमा धन्यवाद ।’

मंगलबार प्रकाशराज र पोनी बर्माको विवाहको वार्षिकोत्सवमा उनीहरुले त्यसलाई विशेष बनाएका हुन् । विवाहको तस्बिर समेत सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । फ्यानहरूले पनि उनलाई बधाई दिइरहेका छन् । प्रकाश राजले २०१० मा पोनी वर्मासँग विवाह गरेका थिए ।

अभिनेता प्रकाशराज चर्चित कलाकार हुन् । तेलुगु फिल्म मात्र नभएर उनको बलिउडमा पनि राम्रो पहिचान छ । बलिउडका अधिकांश फिल्महरूमा खलनायकको भूमिका निर्वाह गरेका उनको खलनायक अभिनय धेरै मनपराइएको छ ।

यो पनि : शाहरुख खानकी छोरीलाई फिल्ममा डेब्यू गराउने तयारी

बलिउड सुपरस्टार शाहरुख खानले आफ्नी छोरी सुहानालाई अभिनेत्री बन्न इच्छा रहेको बताउँदै आएका छन् । धेरै फिल्मबाट उनलाई प्रस्ताव आए पनि शाहरुखले अनुमति दिइसकेका छैनन् । यसैक्रममा, निर्देशक जोया अख्तरले सुहानालाई फिल्ममा डेब्यू गराउने तयारी थालेकी छन् । अहिले उनी इन्टरनेशनल कमिक बुक ‘आर्ची’ को इन्डियन एडेप्टेशनमाथि काम गरिरहेकी छन् ।

नेटफ्लिक्सका लागि बनाउन लागेको फिल्म टिनएजको कथामा आधारित हुने जोयाको भनाई छ । यसका लागि उनी योङ एक्टर्स खोजिरहेकी छन्, जसले फिल्ममा साथीको भूमिका निभाउन सकोस् । अहिले फिल्मको कास्टिङमा काम भइरहेको छ तर मुख्य भूमिकामा शाहरुखकी छोरीमा जोयाको नजर अडिएको छ । उनी चाँडै शाहरुख र सुहानालाई स्क्रिप्ट सुनाउने तयारीमा छिन् ।

सुहानाले २०१८ मा आएको ‘द ग्रे पार्ट अफ ब्लू’ नामक सर्ट फिल्ममा काम गरेकी थिइन् । अंग्रेजीमा निर्माण भएको १० मिनेटको यो फिल्ममा सुहानाको अभिनयलाई दर्शकले मन पराएका थिए । अब उनको फिचर फिल्ममा डेब्यूलाई लिएर उत्सुकता बढेको छ । उनी अहिले यूकेमा फिल्म मेकिङको कोर्स गरिरहेकी छिन् । कोर्स पूरा भएपछि उनी अभिनयमा आफ्नो करिअर बनाउँदैछिन् । पत्नीलाई किस गरेको तस्बिर भाइरल

About admin

Check Also

गायिका इन्दिरा जोशीले सुटुक्क गरिन् इन्गेजमेन्ट (भिडियो)

काठमाडौं, ८ असोज । गायिका इन्दिरा जोशीले ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी छन् । गायिका जोशीले खुम्बु …

Leave a Reply

Your email address will not be published. Required fields are marked *