Monday , September 27 2021
Breaking News
Home / समाचार / प्रचण्डको तनाव हट्यो, यस्तो छ माओवादीबाट मन्त्री बन्नेको लिष्ट ! (नामावलीसहित)

प्रचण्डको तनाव हट्यो, यस्तो छ माओवादीबाट मन्त्री बन्नेको लिष्ट ! (नामावलीसहित)

केही दिन अघि सबैलाई मन्त्री चाहिएपछि तनावमा रहेको बताएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तनाव हट्ने संकेत देखिएको छ । सोे पार्टीबाट मन्त्री बन्नेको अन्तिम टुंगो लागिसकेको स्रोत बताउछ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रले सात वटा मन्त्रालय पाउन लगभग सहमति भएको छ । सातमध्ये दुई मन्त्री नियुक्त भैसकेका छन् । जनार्दन शर्माले अर्थ र पम्फा भुषालले उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । अब बाँकी रहेका पाँच मन्त्रालयमा पठाउन मन्त्री छान्न माओवादी केन्द्रलाई मुस्किल छ ।

यद्यपी शिर्ष नेतृत्व तहमा भने ककसलाई मन्त्री बनाउने भन्नेबारे लगभग सहमति भैसकेको छ । उप प्रधानमन्त्री पाएमा नारायणकाजी श्रेष्ठ मन्त्री बन्नेछन्, त्यो सम्भव नभएमा उनको कोटाबाट अञ्जना बिशंखेलाई मन्त्री बनाउने तयारी छ ।

बागलुङका देवेन्द्र पौडेल मन्त्री बन्ने लगगभ निश्चित जस्तै भएको बताइन्छ । त्यस बाहेक प्रदेश १ बाट सुदन किराती र र सुरेश राई (हिमाल) मध्ये एक जना मन्त्री बन्नेछन् ।

बागमति प्रदेशबाट भने हितमान तामाङको नाममा अगाडी छ । दुई नम्बर प्रदेशबाट फेरी पनि मात्रृका यादव मन्त्री बन्न सक्ने श्रोत बताउँछ । त्यसो त प्रचण्डकी बुहारी बिना मगरलाई पुनः मन्त्री बनाउने चर्चा पनि चलेकै छ ।

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *