Sunday , September 26 2021
Breaking News
Home / समाचार / राष्ट्रपतिलाई ओलीको प्रश्न- सरकारले अध्यादेश जारी गर्न लगाउँदा गलत छ भन्नुपर्दैन ? हेर्नुहोस् के भयो

राष्ट्रपतिलाई ओलीको प्रश्न- सरकारले अध्यादेश जारी गर्न लगाउँदा गलत छ भन्नुपर्दैन ? हेर्नुहोस् के भयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले गलत अध्यादेश जारी गरेको बताएका छन् ।बिहीबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा उनले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका हुन् । गलत अध्यादेश किन जारी गरेको, गलत अध्यादेश जारी गर्नुभन्दा अगाडी सोच्नुपर्दैन ? उनले भने ।त्यस्तै उनले १४ सांसदलाई कारबाही नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोश व्यक्त गरेका छन् ।ओलीले आफूले कारबाही गरेका सांसदहरुलाई सभामुखले कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको छ । महाधिवेशनको कार्यक्रम शुरु हुन १२ दिन मात्रै बाँकी हुँदा पनि कांग्रेसले क्रियाशील सदस्यता टुंग्याउन सकेको छैन ।

क्रियाशील सदस्यताको बाँकी काम टुंग्याउने जिम्मा पाएका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले सहमतिको खाका तयार गरेको जनाइएको छ ।

उनीहरुले शनिबार साँझ प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग बालुवाटारमा छलफल गरेका छन् ।

शुक्रबार पनि तीन नेता सम्मिलित समितिले सभापति देउवा र वरिष्ठ नेता पौडेलसँग छलफल गर्दै सहमतिका लागि शनिबारसम्मको समय मागेको थियो ।

कांग्रेसले भदौ १८ मा वडा अधिवेशनको मिति तय गरेको छ । तर अहिलेसम्म निर्वाचन समितिले क्रियाशील सदस्यताको अन्तिम सूची पाएको छैन ।

साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यतासम्बन्धी बाँकी काम टुंग्याउने जिम्मा तीन नेतालाई दिएको थियो । भदौ २ मा सहमति गरेर भदौ ३ गते सभापतिलाई बुझाउनुपर्ने केन्द्रीय समितिको निर्णय थियो ।

बैठकमा मन्त्रीको नाम टुंग्याउनेबारे छलफल भएको एक नेताले जानकारी दिए। स्रोतका अनुसार बैठकमा देउवा कृष्णप्रसाद सिटौला र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए।-

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *