Sunday , September 26 2021
Breaking News
Home / रोचक / धेरै विल उठेपछि मालिकसँग बदला लिन भक्तपुरको होटलमा यस्तो घटना? अभियुक्तले दिएको बयान सुनेर सबै चकित!

धेरै विल उठेपछि मालिकसँग बदला लिन भक्तपुरको होटलमा यस्तो घटना? अभियुक्तले दिएको बयान सुनेर सबै चकित!

होटलमा धेरै विल उठ्यो भने मानिसले के गर्लान्? होटल मालिकसँग कुरा गर्लान्, केहीले बढि नै भए प्रहरीलाई खबर गर्लाल् । तर भक्तपुरमा एक जनाले भने होटल मालिकलाई तर्साउन कुकर राखिदिएका छन् । उक्त कुकरलाई ब म सम्झेर होटल मालिक भने डराएका छन् ।

भक्तपुरको मध्यपुर ठिमी नगरपलिका–३ स्थित दिव्यश्वरी गेष्ट हाउसमा धेरै बिल उठाएकाले प्रेसर कुकुर राखिदिएको काभ्रे घर भएका ग्राहक रविन तामाङ लामाले प्रहरीसामु स्वीकार गरेका छन् । उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको भक्तपुर प्रहरी प्रमुख एसपी शिव श्रेष्ठले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार उनी बुद्धचित्त मालाको कारोबारमा संलग्न व्यक्ति हुन् । ‘हालसम्म तर्साउनलाई मात्र राखिएको जस्तो देखिएको छ’ प्रहरी स्रोत भन्छ, ‘कुकरमा वि ष्फो ट हुने प्रणाली राखिएको थिएन, तर्साउन मात्र खोजेको जस्तो देखिन्छ ।’ प्रेसर कुकुर राखेका वेला लामाले मा प से गरेको पाइएको प्रहरीले जनाएको छ ।

यसअघि शंकास्पद बस्तु फेला परेको भन्दै त्यहा हेर्नेहरुको भीड बढेको थियो । शंखधर चोकबाट भित्र रहेको गेष्ट हाउसको कोठामा शंकास्पद रुपमा तार जोडेको अवस्थामा ‘प्रेसर कुकर’ फेला परेको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी नरहरि रेग्मीले जानकारी दिएका थिए । घटनास्थलमा नेपाली सेनाको डि स्पो जल टोली पुगेको थियो । शंकास्पद अवस्थामा कुकर फेला परेको कोठामा ३ दिनदेखि पाहुना नबसेको होटल सञ्चालकले जानकारी दिएका थिए ।

शनिवार बिहान सवा १२ बजे होटल सञ्चालक जाँदा शंकास्पद बस्तु नदेखिएको तर, साँझ तार जोडेको अवस्थामा कुकर देखेपछि गेष्ट हाउसका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

About admin

Check Also

नुहाउँदा पिसाब छाड्नुहुन्छ?अवस्य पढ्नुहोस यो जानकारी

मानिसको आ-आफ्नै आनीबानी बारे कुरा गर्ने हो भने सबै मानिसको कुन व्यवहार स्विकार्य र कुन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *