Friday , September 24 2021
Breaking News
Home / समाचार / उपत्यकामा खोलिएको छ कोठी, ग्राहकलाई भित्र छिर्न पासकोड व्यवस्था

उपत्यकामा खोलिएको छ कोठी, ग्राहकलाई भित्र छिर्न पासकोड व्यवस्था

काठमाडौ । ललितपुरमा सोमवार प्रहरीले फेला पारेको एक घटनाले प्रहरीलाई पनि छक्क पारेको छ । भारतका कोठीहरुमा जस्तै ललितपुरमा ५० हजार रुपैया मासिक भाडामा अपार्टमेन्ट लिएर कोठी संचालन गरेको फेला परेको हो । युवतीहरुलाई विभिन्न प्रलोभन देखाएर त्यहाँ लगिने गरेको अनुसन्धानवाट खुलेको छ ।

यति ब्यवस्थित गरिएको छ कि ग्राहकहरुलाई भित्र प्रवेश गर्न पासकोर्डको ब्यवस्था गरिएको पाइएको प्रहरीले जनाएको छ । ललितपुरको मुख्य बजार पुल्चोकमा रहेको एक अपार्टमेन्टको चौथो तल्ला भाडामा लिएर एक महिलाले यस्तो ब्यवसाय गरेको फेला परेको हो । प्रहरीले ति महिला सहित ७ जनालाई पक्राउ गरेको छ ।

सोमबार साँझ महानगरीय प्रहरी परिसरका टोलीले सो अपार्टमेन्टमा छा पा मा रे र संचालक गीता खड्गीसहित ७ जनालाई पक्राउ गरेपछि घटनाको रहस्य खुलेको हो । प्रहरीका अनुसार उक्त अपार्टमेन्ट खड्गी र उनीसँग बस्दै आएका सुरज खड्गीले भाडामा लिएका थिए। प्रहरीले संचालक खड्गीसहित तीन जना युवती र तीन जना पुरुष ग्राहकलाई रंगेहात पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा झापा घर भइ हाल काठमाडौं २८ डल्लू बस्दै आएका वर्ष ५० का राजेश अग्रवाल, रुकुम घर भइ कुमारीगाल बस्ने वर्ष २३ की एक युवती, बर्दिया ठाकुरबाबा नगरपालिका घर भइ बुढानिलकण्ठ बस्दै आएका वर्ष २९ का सुनिल विष्ट, बालाजु बस्ने २४ वर्षीया एक युवती, काँडाघारी बस्ने २५ वर्षीया युवती र काभ्रे पनौतीका ३३ वर्षीय प्रतिक कर्माचार्य छन्।

वास्तविकता पत्ता लगाउन प्रहरी ग्राहक बनेर गएको थियो । ग्राहकका लागि प्रवेश गर्न कोर्ड उपलब्ध गराइन्थ्यो । प्रहरी कोर्ड लिएर गएको थियो । मोबाइलमा पठाएको पासकोड लिएर गए मात्र अपार्टमेन्टको ढोका खुल्थ्यो ।अपार्टमेन्टभित्रै बार, सिसिटिभी र परिवार नियोजनका अस्थायी साधनको ब्यवस्था पनि थियो । यस्तो ब्यवस्थित कोठी संचालन गरेको देखेर प्रहरी पनि छक्क परेको थियो । उनीहरुले एउटा ग्राहकवाट २ हजार देखि २० हजार रुपैया सम्म लिने गरेको खुलेको छ ।

खड्गीले क्रिष्टिना केसी नाम गरेकी युवतीलाई यौ’न व्य’वसा’य संचालनका लागि सुपरभाइजर बनाएकी थिइन्। उनले ग्राहक खोज्ने, ग्राहकलाई म्यासेज पठाउने, ह्वाट्सएपमा युवतीका फोटा पठाइदिने गर्ने अनुसन्धानमा खटेका एक प्रहरीले बताए।

खड्गीले उक्त अपार्टमेन्टमा अहिलेसम्म आएका ग्राहकको सूची नै बनाएर राखेको खाता पनि प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसमा पचासभन्दा बढी ग्राहकको नाम र मोबाइल नम्बर रहेको एसएसपी बज्राचार्यले बताइन्।

पक्राउ परेकामाथि वे’श्या’वृ’त्ति र वे’श्या’गम’नको प्रचार-प्रसार गर्न नहुने ऐन अन्तर्गत अदालतबाट म्याद थप भइ अनुसन्धान भइरहेको छ। उनीहरू दोषी भए कम्तीमा तीन वर्ष कैद र तीस हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। प्रहरीले अनुसन्धान बलियो बनाएर जाने हो भने यो ऐनले घरबेटी र भाडामा दिनेलाई पनि अनुसन्धानको दायरामा तान्न सक्छ।

About admin

Check Also

भक्तपुरबाट १९ वर्षीया महिलासहित ६ जना पक्राउ, गरेछन यस्तो काण्डभक्तपुरबाट १९ वर्षीया महिलासहित ६ जना पक्राउ, गरेछन यस्तो काण्ड

काठमाडौं, असोज ८ – भक्तपुर प्रहरीले लागूऔषध कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ । परिसरका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *