Monday , September 27 2021
Breaking News
Home / समाचार / नयाँ दल दर्ता गरेको केहि घन्टामै माधवलाई ठुलो झड्का, निकालियो बिज्ञप्ति

नयाँ दल दर्ता गरेको केहि घन्टामै माधवलाई ठुलो झड्का, निकालियो बिज्ञप्ति

काठमाडौं : माधव नेपालले नेतृत्व गरेको नवगठित नेकपा एमाले समाजवादी पार्टीले राखेको चुनाव चिह्न जुधेको छ। उन्नत लोकतान्त्रिक पार्टीले एमाले समाजवादी पार्टीले प्रस्ताव गरेको चुनाव चिह्न खुला किताब आफ्नो पार्टीको भएको दाबी गरेको छ । अध्यक्ष स्वागत नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै चुनाव चिह्नबारे पुनर्विचार नगरे कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन्।

‘…निर्वाचन आयोगमा फाइल दर्ता गरी प्रमाण पत्र लिन मात्र बाँकी रहेको अवस्थामा सो पार्टीले हाम्रो चुनाव चिह्न खुला किताब प्रस्ताव गरेको र निर्वाचन आयोगले प्रदान गर्ने निर्णय गर्न लागेको भए हामी कानुनी प्रक्रियामा जाने जानकारी गराउँदै उक्त पार्टीलाई निर्वाचन चिह्नबारे पुनर्विचार गर्न आग्रह गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ ।

यस्तै एमाले बिभाजन गर्ने माधव नेपालकोनिर्णयप्रति आपत्ति जनाउँदै साथ छोडेका उपमहासचिव घनश्याम भुसाल अध्यक्ष केपी शर्मा ओली भेटन बालकोट पुगेका थिए । नेकपा एमाले विभाजन भएलगत्तै माधव नेपाल पक्षबाट यसअघि वार्ता गर्दै आएका भुसाल नेपालले नयाँ पार्टी दर्ता गरेपछिको अवस्थाबारे छलफल गर्न अध्यक्ष ओली निवास बालकोट पुगेका थिए ।

 

अध्यक्ष ओलीसँग ‘वान टु वान’ कुरा गर्ने भन्दै भुसाल बालकोट पुगेको निकट स्रोतले जनाएको छ । एमाले विभाजन रोक्न सक्रिय रहेका दोस्रो तहका नेताहरुको तर्फबाट भुसालले ओलीसँग १० बुँदे सहमति कार्यन्यवयन गर्दै बलियो एमाले बनाउन आग्रह गर्न उनि पुगेका थिए । नवौं महाधिवेशनदेखि माधव नेपाललाई साथ दिँदै आएका नेपाल पक्षका पदाधिकारी र स्थायी कमिटी सदस्यहरुले पार्टी विभाजनमा भने साथ दिएनन् ।

 

अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यन्वयन गर्ने प्रष्ट पारेपछि उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भुसालसहितका सवै पदाधिकारीहरुले माधवको साथ छोडेका थिए ।

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *