Sunday , September 26 2021
Breaking News
Home / आर्थिक / आज पनि बढ्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको चौथो दिन अर्थात बुधबार (आज) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ।

सोमबार प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १२ सय १० रुपैयाँ कारोबार भएको थियो।

लामो समयदेखिको कोरोना भाइरस (कोभिड १९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ।

About admin

Check Also

बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा एक सय रुपैयाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *