Saturday , September 25 2021
Breaking News
Home / आर्थिक / बढ्यो सुनको मूल्य, तोलाको कति ?

बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा एक सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले बढेको हो ।

सोमबार प्रतितोला ९० हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९१ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १ हजार २ सय १० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

माधव नेपालको आज विशेष सम्बोधन
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आज विशेष सम्बोधन गर्ने भएका छन् ।

माधव नेपालले जनवर्गीय संगठनको भेलालालाई सम्बोधन गर्ने भएका हुन् । नेता नेपालले जुम मार्फत सम्बोधन गर्न लागेको बताईएको छ । नेता नेपालले एमाले पार्टी भित्रको अन्तरविरोधदेखि अहिलेको राजनीतिक अवस्थाको विषयमा बोल्ने भएका छन् ।

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने विषयले अहिले एमाले पार्टी भित्र तरंग ल्याएको छ । माधव नेपालको आग्रह पश्चात प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अध्यादेश ल्याउन लागेको समाचार आए संगै माधव नेपालले आज विशेष सम्बोधन गर्न लागेका छन् ।

About admin

Check Also

आज पनि बढ्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको चौथो दिन अर्थात बुधबार (आज) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *