Friday , September 24 2021
Breaking News
Home / समाचार / यस्तो रहने छ अबको मौसम, तुरुन्तै पढेर सेयर गर्नुहोस् !

यस्तो रहने छ अबको मौसम, तुरुन्तै पढेर सेयर गर्नुहोस् !

काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा केही दिन अघि भारी वर्षा हुँदा ठाउँठाउँमा क्षति पु¥याएको भए पनि आजदेखि त्यो क्रम भने घट्दो रहेको छ । यद्यपि हल्कादेखि मध्यम वर्षा भने कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।“भारी वर्षा खासै छैन, हल्कादेखि मध्यम वर्षा ठाउँठाउँमा भइरहन्छ”, उनले थपे, “तर मौसम सुध्रने क्रममा छ ।” अहिले पनि काठमाडौँको केही भेगसहित उपत्यकाको पूर्व क्षेत्रमा वर्षा भइरहेको छ ।

यस्तै प्रदेश १ र वाग्मती प्रदेशका केही भूभागमा पनि पानी परिरहेको छ । काठमाडौँ केही क्षेत्रमा पानी पर्ने र केही क्षेत्रमा नपर्ने अवस्था देखिएको छ । दिउँसो भने खुलेको थियो ।पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा मौसम वदली भइरहेको हो । यसअघि बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’को प्रभाव कमजोर भएको छ । तर सामान्य असर बाँकी नै छ ।

आगामी तीन दिन मौसममा बदली भने कायम रहेको अर्यालले जानकारी दिए । पहाडी भू–भागका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भएको छ ।

आजराति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, वाग्मतीका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार भने देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, वाग्मती र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एकरदुई स्थानमा मध्यमसम्म पानी पर्ने जनाइएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, वाग्मतीका थोरै स्थानमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *